-
गन्ती ३४:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ मोसाले इस्राएलीहरूलाई यसो भने: “यहोवा परमेश्वरको आज्ञाबमोजिमै तिमीहरूले साढे नौ वटा कुललाई गोला हालेर+ भाग लगाउनुपर्ने देश यही हो।
-
-
यहोसु १७:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिनीहरूले पुजारी एलियाजार,+ नुनका छोरा यहोसु र इस्राएलका कुलनायकहरूकहाँ गएर यसो भने: “हामीलाई पनि अरू इस्राएलीहरूसँगै पैतृक सम्पत्तिको रूपमा जमिन दिनू भनेर यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएको थियो।”+ त्यसैले यहोवा परमेश्वरको आज्ञाअनुसार तिनीहरूले आफ्नो बुबाका दाजुभाइसरह पैतृक सम्पत्ति पाए।+
-
-
यहोसु १८:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ अब तिमीहरू जाओ र सात भाग लगाएर देशको नक्सा बनाओ अनि मकहाँ ल्याओ। त्यसपछि यहोवा हाम्रा परमेश्वरसामु गोला हालेर+ म तिमीहरूलाई जमिन बाँडिदिनेछु।
-