२९ विश्रामदिन मनाउने आज्ञा यहोवा परमेश्वरले नै दिनुभएको हो भनेर नबिर्स।+ त्यसैले त उहाँले छैटौँ दिनमा तिमीहरूलाई दुई दिनको लागि पुग्ने खानेकुरा दिनुहुन्छ। सातौँ दिनमा सबै जना आ-आफ्नै इलाकामा बस्नू, कोही पनि बाहिर नजानू।”
१० तर सातौँ दिन भने यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो। त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका घरपालुवा जनावरले वा तिमीहरूको बस्तीमा बस्ने कोही पनि विदेशीले कुनै काम नगर्नू।+