१५ “‘तिमीहरूले विश्रामदिनको भोलिपल्टदेखि अर्थात् डोलाउने भेटीको रूपमा चढाउन फसलको बिटा ल्याएको दिनदेखि सात वटा विश्रामदिन गन्नू।+ त्यो पूरा सात हप्ता होस्। १६ सातौँ विश्रामदिनको भोलिपल्ट ५० औँ दिन पुगेपछि+ त्यो दिन तिमीहरूले यहोवा परमेश्वरको निम्ति नयाँ अन्नभेटी चढाउनू।+