प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २९:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ त्यसपछि तिनी फेरि एक चोटि गर्भवती भइन्‌ र छोरा जन्माइन्‌। तिनले उसको नाम यहुदा* राखिन्‌।+ तिनले यसो भनिन्‌: “अब म यहोवा परमेश्‍वरको प्रशंसा गर्छु।” त्यसपछि तिनका अरू सन्तान भएनन्‌।

  • उत्पत्ति ४६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहुदाका+ छोराहरू एर, ओनान, सेलह,+ पेरेज+ र जेरह।+ तर एर र ओनान कनानमै+ मरिसकेका थिए।

      पेरेजका छोराहरू हेस्रोन र हामुल।+

  • गन्ती २:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “पूर्वतर्फ अर्थात्‌ सूर्योदयको दिशातर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व यहुदाको कुलले लिनेछ। यहुदाको कुलका कुलनायक अम्मिनादाबका छोरा नहसोन हुन्‌।+ ४ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ७४ हजार ६ सय थियो।+

  • १ इतिहास ५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ हुनत यहुदा+ आफ्ना दाजुभाइभन्दा महान्‌ थिए र तिनकै वंशबाट एक जना शासक आउने थिए+ तैपनि ज्येष्ठ-अधिकार भने युसुफलाई नै दिइयो।

  • मत्ति १:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ अब्राहामबाट इसहाक जन्मिए;+

      इसहाकबाट याकुब जन्मिए;+

      याकुबबाट यहुदा+ र तिनका दाजुभाइ जन्मिए;

  • हिब्रू ७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ किनकि यो प्रस्टै छ कि हाम्रा प्रभु आउनुभएको कुल यहुदाको कुल हो,+ जुन कुलबाट पुजारीहरू आउने विषयमा मोसाले केही पनि भनेनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने