२० अनि लेआले भनिन्: “परमेश्वरले मेरो पोल्टो प्रशस्तगरि भरिदिनुभएको छ। अब भने मेरा पतिले मलाई स्विकार्नुहुनेछ।+ किनभने मैले उहाँको निम्ति छ जना छोरा जन्माइसकेँ।”+ त्यसैले तिनले छोराको नाम जबुलुन* राखिन्।+
७ यहुदाको कुलको अर्कोतिर जबुलुनको कुलले पाल टाँगोस्; जबुलुनको कुलका कुलनायक हेलोनका छोरा एलिआब हुन्।+८ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ५७ हजार ४ सय थियो।+