-
उत्पत्ति ४८:१७-१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ बुबाले दायाँ हात एप्रैमको शिरमा राखेको देखेर युसुफलाई चित्त बुझेन र तिनले बुबाको हात एप्रैमको शिरबाट हटाएर मनस्सेको शिरमा राख्न खोजे। १८ तिनले इस्राएललाई भने: “बुबा, योचाहिँ मेरो पहिलो सन्तान हो।+ आफ्नो दायाँ हात यसको शिरमा राख्नुहोस्।” १९ तर तिनका बुबाले मान्दै मानेनन् र यसो भने: “मलाई थाह छ छोरा, मलाई थाह छ। तिम्रो जेठो छोराका सन्तान पनि धेरै हुनेछन् र ऊबाट एउटा ठूलो जाति बन्नेछ। तर उसको भाइ ऊभन्दा ठूलो हुनेछ।+ उसका सन्तान यति धेरै बढ्नेछन् कि तिनीहरू थुप्रै जातिबराबर हुनेछन्।”+
-