प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “इस्राएलीहरूले अर्को ठाउँमा छाउनी सार्ने बेला हारुन र तिनका छोराहरूले पवित्र ठाउँ र त्यसका सबै सरसामान ढाकून्‌।+ त्यसपछि कोहातका सन्तान आएर ती सरसामान बोकून्‌।+ तर कोहातका सन्तानले पवित्र ठाउँमा भएको कुनै पनि सामान नछोऊन्‌ नत्र तिनीहरू मर्नेछन्‌।+ भेट हुने पालमा कोहातका सन्तानले पूरा गर्नुपर्ने जिम्मेवारी यी नै हुन्‌।

  • गन्ती ४:२४-२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ गेर्सोनको घरानाले रेखदेख गर्नुपर्ने र बोक्नुपर्ने सामानहरू यी हुन्‌:+ २५ वासस्थानका कपडाहरू,+ भेट हुने पाल, त्यसमाथि भएको कपडा र सबैभन्दा माथि भएको सिलको छालाको पाल,+ भेट हुने पालको प्रवेशद्वारको पर्दा,+ २६ वासस्थानलाई चारैतिरबाट बारेका आँगनका पालहरू,+ वासस्थान र वेदीको चारैतिर भएको चोकमा छिर्ने प्रवेशद्वारको पर्दा,+ पालको डोरी अनि यी कुराहरूसित सम्बन्धित सबै सरसामान। यो नै तिनीहरूलाई दिइएको जिम्मेवारी हो।

  • गन्ती ४:३१-३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ भेट हुने पालमा चढाइने सेवासित सम्बन्धित यी सरसामानहरू बोक्ने जिम्मेवारी तिनीहरूको हो:+ वासस्थानको चौकोस,+ डन्डी,+ खामा+ र त्यसका चूलघरहरू;*+ ३२ चोकको चारैतिरका खामा+ र त्यसका चौकोहरू,*+ पालको किला+ र डोरीहरू अनि यीसित सम्बन्धित सबै सरसामान। तिनीहरूले यी सामानसित सम्बन्धित सबै सेवा चढाऊन्‌। प्रत्येकले के-के बोक्नुपर्ने हो, सो तिनीहरूलाई अह्राउनू। ३३ भेट हुने पालमा मरारिको घरानाले+ गर्नुपर्ने काम यी नै हुन्‌ अनि तिनीहरूले पुजारी हारुनका छोरा इथामारको निर्देशनबमोजिम आफ्नो जिम्मेवारी पूरा गरून्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने