११ तब मोसाले यहोवा परमेश्वरलाई यस्तो बिन्ती गरे:+ “हे यहोवा, आफ्नो ठूलो शक्ति अनि पराक्रमी हातले मिश्रबाट ल्याएका आफ्ना मानिसहरूसित तपाईँ किन रिसले चूर हुनुहुन्छ?+
१९ यहोवा परमेश्वर तिमीहरूसित निकै क्रोधित हुनुभएकोले मलाई साह्रै डर लागेको थियो।+ उहाँ तिमीहरूलाई नाश गर्न अघि सर्नुभएको थियो। तर त्यसबेला पनि यहोवा परमेश्वरले मेरो बिन्ती सुन्नुभयो।+
१६ त्यसकारण एकअर्कासामु आफ्ना पापहरू खुलमखुला स्विकार+ अनि एकअर्काका लागि प्रार्थना गर ताकि तिमीहरू निको होओ। धर्मी मानिसको उत्कट बिन्तीले ठूलो काम गर्छ।+