-
गन्ती ८:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ “लेवीहरूले पालन गर्नुपर्ने नियम यही हो: भेट हुने पालमा सेवा गर्नेहरूको समूहमा २५ वर्ष र सोभन्दा माथिका पुरुषहरू सामेल होऊन्।
-
-
गन्ती १८:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अनि तिमी र तिम्रा छोराहरूले गर्ने सेवामा साथ दिन+ तिम्रो बुबाको कुल अर्थात् लेविको कुलका तिम्रा दाजुभाइलाई साक्षीपाटी राखिएको पालमा ल्याउनू।+ ३ तिमीले सुम्पेका कामहरू र पालको सबै जिम्मेवारी तिनीहरूले पूरा गरून्।+ तर तिनीहरू पवित्र ठाउँका सामग्रीहरू र वेदीको नजिक भने नआऊन् नत्र तिमी पनि तिनीहरूसँगै मर्नेछौ।+
-
-
१ इतिहास २३:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ साथै तिनीहरू पवित्र ठाउँ अर्थात् भेट हुने पालमा विभिन्न काम गर्थे अनि आफ्ना दाजुभाइ अर्थात् हारुनका छोराहरूलाई सघाउँथे। यहोवा परमेश्वरको भवनमा तिनीहरूले पाएको जिम्मा यही थियो।
-