१९ अनि लेवीहरूले इस्राएलीहरूको तर्फबाट भेट हुने पालमा सेवा गरून् र इस्राएलीहरूको पापको प्रायश्चित गरिदेऊन्+ भनेर म हारुन र तिनका छोराहरूको निम्ति लेवीहरूलाई उपहारस्वरूप सुम्पनेछु। यसले गर्दा इस्राएलीहरू पवित्र ठाउँको नजिक जानुपर्नेछैन र विपत्ति भोग्नुपर्नेछैन।”+