-
गन्ती २६:६२, ६३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६२ लेविको कुलबाट दर्ता हुनेहरूमा एक महिना वा सोभन्दा माथिका २३ हजार पुरुष थिए।+ तिनीहरूको नाम इस्राएलका अरू कुलसित दर्ता गरिएन+ किनकि तिनीहरूलाई अरू कुललाई जस्तो पैतृक सम्पत्तिको रूपमा जग्गाजमिन दिइने थिएन।+
६३ मोसा र पुजारी एलियाजारले इस्राएलीहरूमध्येबाट नाम दर्ता गरेका सबै मानिस यी नै थिए। त्यतिखेर इस्राएलीहरू यरिहो सहरको वारिपट्टि अर्थात् यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा थिए।
-
-
व्यवस्था १०:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसैले लेविको कुललाई तिनीहरूका दाजुभाइलाई जस्तो कुनै पैतृक सम्पत्ति वा अंश दिइएको छैन। यहोवा तिमीहरूका परमेश्वरले तिनीहरूलाई भन्नुभएझैँ यहोवा परमेश्वर नै तिनीहरूको अंश हुनुहुन्छ।+
-