२ त्यहाँ यहुदाले एउटी कनानी केटीलाई देखे।+ उनी सुआकी छोरी थिइन्। यहुदाले ती केटीलाई आफ्नी पत्नी बनाए र उनीसित सम्बन्ध राखे। ३ केही समयपछि उनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्। यहुदाले छोराको नाम एर+ राखे। ४ उनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्माइन्। अनि त्यो छोराको नाम ओनान राखियो।