प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ यहोवा परमेश्‍वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु।

  • व्यवस्था ३०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई कैदबाट छुटाएर ल्याउनुहुनेछ,+ तिमीहरूलाई कृपा देखाउनुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जहाँ-जहाँ तितरबितर पार्नुभएको थियो, त्यहाँबाट फेरि जम्मा गरेर ल्याउनुहुनेछ।+

  • २ इतिहास ३०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ जब तिमीहरू यहोवा परमेश्‍वरतर्फ फर्कनेछौ, तब बन्दी बनाएर लगिएका तिमीहरूका दाजुभाइ र छोराहरूलाई शत्रुहरूले कृपा देखाउनेछन्‌+ र यस देशमा फर्कन दिनेछन्‌।+ किनकि तिमीहरूका परमेश्‍वर यहोवा दयालु र कृपालु हुनुहुन्छ।+ तिमीहरू उहाँतर्फ फर्क्यौ भने उहाँले तिमीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछैन।”+

  • नहेम्याह ९:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तर आफ्नो अपार कृपाले गर्दा तपाईँले तिनीहरूलाई न नाश गर्नुभयो+ न त त्याग्नु नै भयो। किनकि तपाईँ कृपालु र दयालु परमेश्‍वर हुनुहुन्छ।+

  • यसैया ५४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ “केही क्षणको लागि मात्र मैले तिमीलाई त्यागेको थिएँ

      तर अब म प्रशस्तगरि कृपा देखाएर तिमीलाई फिर्ता ल्याउनेछु।+

  • यसैया ५५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्‌;+

      खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्‌।

      ऊ यहोवाकहाँ फर्कोस्‌ र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+

      ऊ हाम्रा परमेश्‍वरकहाँ आओस्‌ किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने