प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३१:२५-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २६ “तिमी, पुजारी एलियाजार र बुबापट्टिको घरानाअनुसार छानिएका नाइकेहरू मिलेर युद्धबाट ल्याएका सबै कुराको सूचि तयार पार्नू; तिमीहरूले बन्दी बनाएर ल्याएका मानिसहरू र जनावरहरूको गन्ती गर्नू। २७ युद्धबाट ल्याएका सबै कुरालाई दुई भाग लगाउनू। एउटा भाग युद्ध लडेका मानिसहरूको लागि अनि अर्को भाग बाँकी समुदायको लागि।+

  • यहोसु १०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहोवा परमेश्‍वरले एमोरीहरूलाई इस्राएलीहरूको सामने हराउनुभएको दिन यहोसुले यहोवा परमेश्‍वरलाई इस्राएलीहरूको अगाडि यस्तो बिन्ती गरे:

      “हे सूर्य, तिमी गिबोनमाथि+ अडिरह!+

      हे चन्द्रमा, तिमी ऐय्यालोन बेँसीमाथि अडिरह!”

  • यहोसु १०:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ पाँच जना एमोरी राजाचाहिँ भागेर मक्केदाहको+ गुफामा लुके।

  • यहोसु १२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यहोसु र इस्राएलीहरूले यर्दनको पश्‍चिमतिरका राजाहरूलाई हराए। तिनीहरूले जितेको इलाका लेबनान बेँसीको+ बाआल-गादसम्म+ अनि सेइरनजिकै+ हलक डाँडासम्म+ थियो। त्यसपछि यहोसुले यी इलाकाहरू इस्राएलीहरूलाई कुलअनुसार बाँडे; प्रत्येक कुलले आ-आफ्नो भागको इलाका पायो।+

  • न्यायकर्ता ५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ राजाहरूले आएर लडाइँ गरे;

      मगिद्दोको मुहाननजिकै तानकमा+

      कनानका राजाहरूले लडाइँ गरे।+

      तर तिनीहरूले लडाइँमा चाँदी लुट्‌न सकेनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने