-
१ इतिहास २२:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ “हे मेरो छोरा, यहोवा परमेश्वर सधैँ तिम्रो साथमा रहून् र तिमी आफ्नो काममा सफल होऊ। यहोवा तिम्रा परमेश्वरले तिम्रो विषयमा भन्नुभएझैँ उहाँको निम्ति भवन बनाऊ।+ १२ यहोवा परमेश्वरले तिमीलाई इस्राएलमाथि अधिकार गर्न दिनुभएपछि उहाँले तिमीलाई विवेक र समझ पनि देऊन्।+ अनि तिमी यहोवा तिम्रा परमेश्वरले दिनुभएको आज्ञाअनुसार चलिरहन सक्नेछौ।+
-