-
गन्ती १६:५-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसपछि मोसाले कोरह र तिनका समर्थकहरूलाई भने: “को यहोवा परमेश्वरको हो,+ को पवित्र छ अनि को उहाँसामु जान सक्छ,+ भोलि बिहान उहाँले नै थाह दिनुहुनेछ अनि उहाँले जसलाई रोज्नुहुन्छ,+ ऊ नै उहाँसामु जान सक्नेछ। ६ ए कोरह र तिनका सबै समर्थक हो,+ तिमीहरूले धुपौरो लिनू,+ ७ त्यसमा कोइला भर्नू र भोलि यहोवा परमेश्वरसामु त्यसमाथि धूप राख्नू। यहोवा परमेश्वरले जसलाई रोज्नुहुन्छ,+ ऊ नै पवित्र व्यक्ति हो। ए लेविका सन्तान हो,+ तिमीहरूले सीमा नाघेका छौ!”
-