-
प्रकाश ७:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ यसपछि हेर! कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड मैले देखेँ। तिनीहरू हरेक राष्ट्र, कुल, जाति अनि भाषाका थिए।+ तिनीहरू सेता लुगा लगाएर+ सिंहासन र पाठोको अगाडि उभिरहेका थिए अनि तिनीहरूका हातमा खजुरका हाँगाहरू थिए।+ १० तिनीहरू चर्को स्वरमा यसो भनिरहन्छन्: “सिंहासनमा बस्नुहुने हाम्रा परमेश्वर+ अनि पाठोद्वारा हामीले उद्धार पाउँछौँ।”+
-