प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २३:२६-२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ साउल डाँडाको एकातिर पुग्दा दाउद र उनका मानिसहरूचाहिँ डाँडाको अर्कोतिर थिए। साउलले भेट्टाउला भनेर दाउद छिटोछिटो भाग्दै थिए।+ अनि साउल र तिनका मानिसहरूले दाउद र उनका मानिसहरूलाई भेट्टाउनै लागिसकेका थिए।+ २७ त्यति नै बेला एक जना सन्देशवाहकले साउललाई यस्तो खबर सुनायो: “छिटो आउनुहोस्‌, पलिस्तियालीहरू हाम्रो इलाकामा आक्रमण गर्न आएका छन्‌!” २८ तब दाउदलाई खेद्‌न छोडेर+ साउल पलिस्तियालीहरूसित लडाइँ गर्न गए। त्यसकारण त्यस ठाउँको नाम ‘छुट्ट्याउने भीर’ राखियो।

  • २ समुएल १७:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ ती मानिसहरू गइसकेपछि तिनीहरू इनारबाट बाहिर निस्के अनि गएर राजा दाउदलाई खबर गरे। तिनीहरूले राजालाई भने: “उठ्‌नुहोस्‌ र नदीपारि गइहाल्नुहोस्‌ किनकि हजुरको विरुद्धमा अहितोपेलले यस्तो-यस्तो सुझाव दिएका छन्‌।”+ २२ यो सुन्‍नेबित्तिकै दाउद र तिनीसित भएका सबै मानिस उठे अनि यर्दनपारि गए। बिहान उज्यालो हुनुअघि नै तिनीहरू सबै यर्दनपारि पुगिसकेका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने