प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ११५:४-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तिनीहरूका मूर्तिहरू सुन र चाँदीका हुन्‌,

      ती त मानिसका हातको काम हुन्‌।+

       ५ तिनीहरूको मुख छ तर बोल्न सक्दैनन्‌;+

      आँखा छन्‌ तर देख्न सक्दैनन्‌;

       ६ तिनीहरूका कान छन्‌ तर सुन्‍न सक्दैनन्‌;

      नाक छ तर सुँघ्न सक्दैनन्‌;

       ७ हात छन्‌ तर छाम्न सक्दैनन्‌;

      खुट्टा छन्‌ तर हिँड्‌न सक्दैनन्‌;+

      तिनीहरूले आफ्नो गलाबाट आवाज निकाल्न सक्दैनन्‌।+

       ८ तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुनेछन्‌;+

      तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै त्यस्तै हुनेछन्‌।+

  • यसैया ४६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ यस्ता मानिसहरू पनि छन्‌, जसले आफ्नो थैलीबाट सुन खन्याउँछन्‌,

      चाँदीलाई तराजुमा जोख्छन्‌।

      तिनीहरू सुनारलाई काममा लगाउँछन्‌ र सुनारले त्यसबाट देवताको मूर्ति बनाउँछ।+

      त्यसपछि तिनीहरू त्यही मूर्तिसामु लम्पसार पर्छन्‌, त्यसको पूजा गर्छन्‌।*+

  • प्रेषित १७:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ “हामी परमेश्‍वरका सन्तान भएकोले+ हामीले उहाँलाई सुन, चाँदी वा पत्थरले बनेको सम्झनु अथवा मानिसहरूको कला वा कल्पनाको उपज ठान्‍नु उचित हुँदैन।+

  • १ कोरिन्थी १०:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसोभए के मैले मूर्तिलाई बलि चढाइएका थोकहरूको वा मूर्तिको महत्त्व छ भन्‍न खोजेको हो?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने