प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ उहाँले दीनदुःखीलाई धुलोबाट उठाउनुहुन्छ,

      दरिद्रहरूलाई खरानीको थुप्रोबाट* निकाल्नुहुन्छ;+

      उहाँले तिनीहरूलाई राजकुमारहरूसित बसाल्नुहुन्छ,

      तिनीहरूलाई सम्मानको आसन दिनुहुन्छ।

      पृथ्वीको जग यहोवाकै हो+

      अनि उहाँले त्यसमाथि मलिलो माटो बिछ्याउनुभएको छ।

  • भजन ११३:६-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ आकाश र पृथ्वीमा दृष्टि लगाउन उहाँ निहुरिनुहुन्छ।+

       ७ उहाँ दीनदुःखीलाई धुलोबाट

      अनि गरिबलाई खरानीको थुप्रोबाट* उठाउनुहुन्छ+

       ८ ताकि ऊ प्रतिष्ठित मानिसहरूसित,

      उहाँको प्रजाका प्रतिष्ठित मानिसहरूसित बस्न सकोस्‌।

  • यसैया ५७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ जो उच्च र महान्‌ हुनुहुन्छ, जो अनन्त हुनुहुन्छ+

      जसको नाम पवित्र छ,+ उहाँ यसो भन्‍नुहुन्छ:

      “म उच्च र पवित्र ठाउँमा बस्छु।+

      तैपनि मन भाँचिएका र कमजोरहरूको साथमा हुन्छु।

      म कमजोरहरूलाई बल दिन्छु

      अनि मन भाँचिएकाहरूलाई सान्त्वना दिन्छु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने