प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा १:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ यहोवा परमेश्‍वरले यर्मियामार्फत भन्‍नुभएको कुरा पूरा होस्‌ भनेर+ फारसका राजा कोरेसको शासनकालको पहिलो वर्षमा+ यहोवाले तिनको मनलाई उत्प्रेरित गर्नुभयो र तिनले आफ्नो राज्यभरि एउटा घोषणा गरे अनि त्यसलाई लेख्न पनि लगाए।+ त्यो घोषणा यस्तो थियो:

      २ “फारसका राजा कोरेस यसो भन्‍नुहुन्छ, ‘स्वर्गका परमेश्‍वर यहोवाले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ+ अनि उहाँको निम्ति यहुदाको यरुसलेममा एउटा भवन बनाउने आदेश पनि दिनुभएको छ।+

  • यसैया ४१:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ मैले कसैलाई खडा गरेको छु र उसले उत्तरतिरबाट आक्रमण गर्नेछ।+

      पूर्वतिरबाट* आउने जो हो, उसले+ मेरो नाम पुकार्नेछ।

      उसले शासकहरूलाई माटोलाई झैँ कुल्चनेछ।+

      कुमालेले गिलो माटोलाई कुल्चेझैँ उसले तिनीहरूलाई कुल्चीमिल्ची पार्नेछ।

  • यसैया ४५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ जातिजातिमाथि अधिकार गर्न,+

      राजाहरूलाई दुर्बल पार्न*

      अनि ढोकाहरू खुल्लै रहून्‌ भनेर

      त्यसका दुवै खापा खोल्न

      आफूले अभिषेक गर्नुभएको जन कोरेसको+ दाहिने हात यहोवाले समात्नुभएको छ।+

      उहाँ तिनलाई यसो भन्‍नुहुन्छ:

  • यसैया ४६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ म पूर्वबाट एउटा सिकारी पन्छीलाई बोलाउनेछु,+

      टाढाको देशबाट एक जना मानिसलाई बोलाउनेछु, जसले मेरो उद्देश्‍य* पूरा गर्नेछ।+

      मैले यो भनेको छु र म पूरा पनि गर्नेछु।

      मैले जे ठानेको छु, म त्यसैअनुसार गर्नेछु।+

  • दानिएल १०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० फारसका राजा कोरेसको+ शासनको तेस्रो वर्षमा दानिएल, जसलाई बेल्तसजर+ नाम दिइएको थियो, तिनले एउटा सन्देश पाए। अनि त्यो सन्देश साँचो थियो र त्यो एउटा ठूलो लडाइँबारे थियो। तिनले सन्देश राम्ररी बुझे र आफूले देखेको कुराको समझ पाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने