प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३०:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० “मैले तिमीहरूको अगाडि राखिदिएको आशिष्‌ र सरापबारे जे-जे भनेँ, ती सबै तिमीहरूमाथि पूरा हुनेछन्‌।+ अनि यहोवा परमेश्‍वरले तिमीहरूलाई जातिजातिमाझ तितरबितर पार्नुभएपछि+ तिमीहरूले ती सबै कुरा सम्झनेछौ।+ २ अनि तिमीहरू यहोवा आफ्ना परमेश्‍वरकहाँ फर्कनेछौ+ र मैले आज बताएका उहाँका सबै आज्ञा तिमीहरू र तिमीहरूका छोराहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले पालन गर्नेछौ।+ ३ तब यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई कैदबाट छुटाएर ल्याउनुहुनेछ,+ तिमीहरूलाई कृपा देखाउनुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जहाँ-जहाँ तितरबितर पार्नुभएको थियो, त्यहाँबाट फेरि जम्मा गरेर ल्याउनुहुनेछ।+

  • यसैया ११:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि जसरी इस्राएल मिश्रबाट निस्केर आएको दिन उहाँले तिनीहरूको लागि मूलबाटो बनाउनुभएको थियो,

      त्यसैगरि बाँकी रहेका आफ्ना मानिसहरूलाई अस्सेरियाबाट निकालेर ल्याउन उहाँले मूलबाटो+ बनाउनुहुनेछ।+

  • यसैया ४३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ म उत्तरलाई यस्तो आदेश दिनेछु, ‘तिनीहरूलाई छोडिदेऊ!’+

      अनि दक्षिणलाई यसो भन्‍नेछु, ‘तिनीहरूलाई नरोक!

      मेरा छोराहरूलाई टाढाबाट र मेरा छोरीहरूलाई पृथ्वीको कुनाकुनाबाट लिएर आऊ।+

  • यसैया ६०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ आँखा उठाएर चारैतिर हेर,

      तिनीहरू सबै भेला भएका छन्‌ अनि तिमीकहाँ आइरहेका छन्‌।

      तिम्रा छोराहरू टाढा-टाढाबाट आइरहेका छन्‌+

      अनि तिम्रा छोरीहरूलाई काखमा बोकेर ल्याइँदै छ।+

  • यसैया ६०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ टापुहरू मेरो बाटो हेर्छन्‌;+

      तर्सिसका जहाजहरू सबैभन्दा अगाडि छन्‌,*

      ती जहाजहरूले तिम्रा छोराहरूलाई टाढाबाट ल्याउँदै छन्‌।+

      तिम्रा परमेश्‍वर र इस्राएलका पवित्र परमेश्‍वर यहोवाको नामको महिमा गर्न

      तिनीहरूले आफ्ना सुन र चाँदी ल्याउँदै छन्‌

      अनि परमेश्‍वरले तिम्रो सौन्दर्य* बढाउनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने