-
इजकिएल ३४:११-१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ “‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “म आफै मेरा भेडाहरूलाई खोज्नेछु। म आफै तिनीहरूको हेरचाह गर्नेछु।+ १२ हराएको भेडालाई भेट्टाएपछि त्यसको हेरचाह गर्ने र त्यसलाई खुवाउने गोठालोले जस्तै म तिनीहरूको हेरचाह गर्नेछु।+ धुम्म परेको र कालो बादल लागेको दिनमा+ हराएका भेडाहरूलाई म सबै ठाउँबाट खोजेर फिर्ता ल्याउनेछु। १३ म तिनीहरूलाई जातिजातिको बीचबाट र ठाउँठाउँबाट जम्मा गरेर तिनीहरूको भूमिमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पहाडहरूमा,+ बस्तीहरूमा र खोलाछेउमा चराउनेछु।
-