प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ५/८ पृ. २३
  • मानव अधिकारबारे सिकाउने साधन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानव अधिकारबारे सिकाउने साधन
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • जिम्मेवारीबिनाको अधिकार?
    ब्यूँझनुहोस्‌!—१९९९
  • के यहोवाका साक्षीहरू जबरजस्ती धर्म परिवर्तन गराउँछन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 ५/८ पृ. २३

मानव अधिकारबारे सिकाउने साधन

स्पेनको ग्रानाडामा बस्ने १७ वर्षीया विद्यार्थी रूथ हिमेनेथ हिलालाई तिनका शिक्षकले मानव अधिकारबारे निबन्ध लेख्न लगाए। निबन्ध बुझाएको केही हप्तापछि बेल्जियमको ब्रसेल्सस्थित युरोपियन परीक्षा नियन्त्रण बोर्डले तिनलाई स्पेनका अन्य विद्यार्थीहरूसहित आफ्नो देशको प्रतिनिधित्व गर्न छानेको खबर दियो। यसको लगत्तैपछि तिनले यो पत्र ब्यूँझनुहोस्‌! पत्रिकाका प्रकाशकहरूलाई लेखेकी थिइन्‌।

“मलाई मानव अधिकारबारे नविनतम जानकारी चाहिएको थियो र ‘अवेक!’ नोभेम्बर २२, १९९८ को “सबैका लागि मानव अधिकार के कहिल्यै होला?” लेखमा ठ्याक्कै मैले खोजिरहेकै कुरा भेट्टाएँ। मानव अधिकारको दुरुपयोगबारे वर्णन गर्न मैले अर्कै ‘अवेक!’-बाट पनि महिलाहरूको भविष्य अनि नाजी नरसंहारबारे जानकारीहरू लिएकी थिएँ। [मे ८, १९९८ र अगस्त ८, १९९८ का लेखहरू हेर्नुहोस्‌।] अनुसन्धान गर्दा मैले अरू कुनै पनि पत्रिका वा सन्दर्भिकाहरूमा नपाइने थुप्रै जानकारीहरू ‘ब्यूँझनुहोस्‌!’-मा पाएँ। तिनमा भएका तस्बिरहरूले पनि मलाई प्रभाव पाऱ्‍यो र तीमध्ये केही मैले आफ्नो निबन्धमा पनि समावेश गरें।

“यो निबन्धले गर्दा मैले पुरस्कार पाएँ। फलतः मैले एक हप्ता फिनल्याण्डमा बिताउन पाएँ र त्यहाँ पनि मैले मानव अधिकारबारे अझ बढी कुराहरू बताउन सकें। साथै, यो जस्तो महत्त्वपूर्ण विषयहरूमा ब्यूँझनुहोस्‌!-ले प्रकाश पारेकोले ‘ब्यूँझनुहोस्‌!’-को महत्त्वबारे पनि अवगत गराएँ।

“हामीलाई सधैं नै सबैभन्दा पहिले विश्‍व घटनाहरूबारे जानकारी दिनुभएकोमा तपाईंहरूलाई धेरै धेरै धन्यवाद छ। यहोवाले तपाईंहरूलाई निरन्तर आशिष्‌ दिइरहून्‌, ताकि थुप्रै मानिसहरूले यस्तो जानकारीबाट लाभ उठाइरहन सकून्‌।”

[पृष्ठ २३-मा भएको चित्र]

रूथ र तिनको सहभागिताको प्रमाणपत्र

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने