प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या ४ पृ. १६
  • “सिकाउने तरिका एकदमै नयाँ लाग्यो!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सिकाउने तरिका एकदमै नयाँ लाग्यो!”
  • ब्यूँझनुहोस्‌!—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • साक्षी दिने भिडियोहरूको असर
    हाम्रो राज्य सेवकाई—२००२
  • तिनको अग्रसरताले इनाम पायो
    ब्यूँझनुहोस्‌!—२००२
  • नयाँ भिडियोबाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने भिडियोबाट सिकाउनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या ४ पृ. १६
दक्षिण कोरियामा एक सल्लाहकार आफ्नो कक्षामा jw.org वेबसाइटबाट भिडियो देखाउँदै

“सिकाउने तरिका एकदमै नयाँ लाग्यो!”

दक्षिण कोरियाको उच्च माध्यामिक विद्यालयकी सल्लाहकार सुजुङले आफ्नो कक्षामा jw.org मा पाइने भिडियोहरू देखाइन्‌। तिनी यसो भन्छिन्‌: “साँचो मित्र कसलाई भन्‍न सकिन्छ? भन्‍ने भिडियो देखाउँदा विद्यार्थीहरूले राम्रो प्रतिक्रिया देखाए। भिडियो हेरेपछि तिनीहरूले यसो भने: ‘मित्रताबारे यसरी सोचेकै थिइनँ। भिडियोबाट सिकाउने तरिका एकदमै नयाँ लाग्यो!’ कसै-कसैले चाहिं सल्लाह चाहियो भने यो वेबसाइट हेर्छु भने।” सुजुङ अझ यसो भन्छिन्‌: “अरू शिक्षकहरूलाई पनि यस भिडियोबारे बताएँ। आफ्नो कक्षामा यस्तो राम्रो भिडियोहरू देखाउन पाएकोमा तिनीहरू निकै खुसी छन्‌।”

कसैले दादागिरी देखाउँदा के गर्ने? भन्‍ने भिडियोले पनि दक्षिण कोरियाका विद्यार्थीहरूलाई मदत पुऱ्‍याएको छ। युवा हिंसा रोकथाम संस्थाकी शिक्षिकाले विद्यार्थीहरूलाई यो भिडियो देखाइन्‌। तिनी यसो भन्छिन्‌: “यो भिडियोको कार्टुन चित्रहरू राम्रो भएकोले थुप्रै केटाकेटीले मन पराए। यसमा व्यावहारिक कुराहरू पनि सिकाइएको छ। हिंसाको सामना कसरी गर्ने भनेर मात्र होइन, यसदेखि कसरी जोगिने भनेर पनि सिकाइएको छ।” यस संस्थाले हिंसा रोकथामको लागि विभिन्‍न प्राथमिक र माध्यामिक विद्यालयमा यो भिडियो देखाउने अनुमति माग्यो अनि स्वीकृति पनि पायो। प्रहरीहरूले पनि jw.org का भिडियोहरू प्रयोग गरिरहेका छन्‌।

तपाईंले अहिलेसम्म यो वेबसाइट हेर्नुभएको छैन भने एक चोटि हेरे कसो होला? यो वेबसाइट चलाउन सजिलो छ। यसमा पाइने बाइबल, अडियो, भिडियो अनि अन्य थुप्रै प्रकाशन निश्‍शुल्क डाउनलोड गर्न सक्नुहुन्छ। (g16-E No. 5)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने