प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पाठ ६३ पृ. १५०-पृ. १५१ अनु. १
  • भित्तामा लेखिएका शब्दहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भित्तामा लेखिएका शब्दहरू
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • भित्तामा लेख्ने औंला
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • परमेश्‍वरका जनहरू बाबेलबाट फर्कन्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • विश्‍व परिवर्तन गर्ने चार शब्द
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • घमण्डी शासकले आफ्नो साम्राज्य गुमाउँछन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पाठ ६३ पृ. १५०-पृ. १५१ अनु. १
एउटा हातले भित्तामा लेखिरहेको छ

पाठ ६३

भित्तामा लेखिएका शब्दहरू

केही समयपछि बेलसजर बेबिलोनको राजा भए। एक रात तिनले १ हजार उच्च अधिकारीलाई भोजमा निम्त्याए। तिनले आफ्ना सेवकहरूलाई नबुकद्‌नेजरले यहोवाको मन्दिरबाट ल्याएका सुनका कचौराहरू ल्याउन भने। बेलसजर र तिनका पाहुनाहरूले त्यसमा मद्य पिए र आफ्ना देवताहरूको जयजयकार गरे। ठीक त्यसै बेला मानिसको हातका औँलाहरू देखा परे र ती औँलाहरूले भित्तामा लेख्न थाले। तर ती शब्दहरू कसैले बुझ्न सकेनन्‌।

बेलसजर एकदमै डराए। तिनले जादुगरहरूलाई बोलाए र यस्तो वाचा गरे: ‘जसले यी शब्दहरूको अर्थ बताउन सक्छ, उसलाई म बेबिलोनको तेस्रो ठूलो शासक बनाउनेछु।’ तिनीहरूले कोसिस गरे तर कसैले बताउन सकेन। तब रानी भित्र आइन्‌ र भनिन्‌: ‘हजुरको राज्यमा दानिएल नाम गरेका एक जना मानिस छन्‌, जसले नबुकद्‌नेजरलाई यस्ता कुराहरूको अर्थ खोलिदिन्थे। तिनले यी शब्दहरूको अर्थ खोलिदिन सक्छन्‌।’

दानिएल राजाकहाँ हाजिर भए। बेलसजरले तिनलाई भने: ‘तिमीले यी शब्दहरू पढेर यसको अर्थ बतायौ भने म तिमीलाई गलामा सुनको हार लगाइदिइनेछु र तिमीलाई बेबिलोनको तेस्रो ठूलो शासक बनाउनेछु।’ दानिएलले भने: ‘मलाई हजुरको उपहार चाहिँदैन तर म यी शब्दहरूको अर्थ खोलिदिनेछु। हजुरका बुबा नबुकद्‌नेजर घमन्डी हुनुहुन्थ्यो तर यहोवाले उहाँलाई नम्र तुल्याउनुभयो। उहाँलाई के-के भएको थियो, हजुरलाई थाह छ तर हजुरले यहोवाको मन्दिरबाट ल्याइएको सुनको कचौरामा मद्य पिएर उहाँको अनादर गर्नुभयो। त्यसैले परमेश्‍वरले भित्तामा लेख्नुभएका शब्दहरू यी नै हुन्‌: मने, मने, तकेल र पर्सिन। यी शब्दहरूको अर्थ हो: मादी-फारसले बेबिलोनलाई कब्जा गर्नेछ र हजुर राजा रहनुहुनेछैन।’

राजा कोरेसका सिपाहीहरू नदी तरेर बेबिलोनको मूलढोकातिर जाँदै छन्‌

बेबिलोनलाई कब्जा गर्न असम्भव जस्तो देखिन्थ्यो। त्यस सहरलाई बलियो पर्खाल र गहिरो नदीले सुरक्षा दिएको थियो। त्यसै रात मादी र फारसीहरूले बेबिलोनमाथि आक्रमण गरे। फारसी राजा कोरेसले आफ्ना सिपाहीहरू सहरको मूलढोकासम्म पुग्न सकून्‌ भनेर नदीको पानीलाई अन्तै मोडिदिए। तिनीहरू त्यहाँ पुग्दा ढोकाहरू खुल्लै थिए। सिपाहीहरू सहरभित्र पसे, सहरलाई कब्जा गरे र राजालाई मारे। अनि कोरेस बेबिलोनको शासक बने।

एक वर्षभित्रै कोरेसले यस्तो घोषणा गरे: ‘यहोवाले मलाई यरुसलेममा उहाँको मन्दिर पुनर्निर्माण गर्न भन्‍नुभएको छ। तिमीहरूमध्ये जो-जो मदत गर्न चाहन्छौ, यरुसलेम फर्कन सक्छौ।’ यहोवाले प्रतिज्ञा गर्नुभएझैँ यरुसलेम नाश भएको ७० वर्षपछि धेरै यहुदी आफ्नो घर फर्के। नबुकद्‌नेजरले मन्दिरबाट ल्याएका सुनचाँदीका कचौरा र भाँडाकुँडाहरू कोरेसले फिर्ता पठाइदिए। यहोवाले आफ्ना मानिसहरूलाई मदत गर्न कसरी कोरेसलाई चलाउनुभयो, के तिमीले याद गऱ्‍यौ?

“त्यसको पतन भएको छ! महान्‌ बेबिलोनको पतन भएको छ; त्यो प्रेतहरू बास गर्ने ठाउँ भएकी छे।”—प्रकाश १८:२

प्रश्‍नहरू: भित्तामा लेखिएका शब्दहरूको अर्थ के थियो? यहोवाले कोरेसलाई के गर्न भन्‍नुभयो?

एज्रा १:१-११; दानिएल ५:१-३०; यसैया ४४:२७–४५:२; यर्मिया २५:११, १२

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने