हाम्रा जवानहरूको निम्ति कस्तो भविष्य?
चाहे आतङ्ककारीहरूको बमबाट होस् अथवा आणविक भट्टीहरूको दुर्घटनाबाट होस्—आणविक खतराको डर सबैलाई छ। तपाईं विशेषगरि जवानहरू, तपाईंको आफ्नो छोराछोरीहरू अथवा नाति-नातिनीहरूबारे चिन्तित हुनुहुन्छ होला। आणविक खतराले प्रत्येक बाल-बालिकाको स्वास्थ्य र भविष्यलाई जोखिममा पार्छ भनी थाहा पाउनु कस्तो दुःखलाग्दो कुरा हो।
तर नआत्तिनुहोस्। तपाईंका जवानहरूको भविष्यबारे आशावादी हुने कारण छ। यस आशाको आधार जवानहरूलाई सुरक्षित गर्ने मानव प्रयासहरूमा नभई हाम्रो सृष्टिकर्त्ताको हातमा सुरक्षित भविष्यमा केन्द्रित छ।
परमेश्वरको पुत्र, येशूले मध्य-पूर्वमा सिकाउनु हुँदा जवानहरूप्रति चासो देखाउनुभयो। (मर्कूस ९:३६, ३७, ४२; १०:१३-१६) अन्ततः परमेश्वरले आणविक खतराको अन्त गर्नुभएर विश्वव्यापी प्रमोदवन स्थापना गर्नुहुँदा त्यस्तै चासो देखाइनेछ भनी बाइबलले देखाउँछ। हाम्रा छोराछोरीहरूले त्यसको आनन्द उठाउन सक्छन् अनि तपाईंले पनि उठाउन सक्नुहुन्छ।
यस विषयमा अझ बढी जानकारी लिन वा कोही तपाईंको घरमा आएर निश्शुल्क बाइबल अध्ययन गरेको चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ २ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै पनि ठेगानामा लेखिपठाउनु होस्।