विषयसूची
नोभेम्बर १५, २०१२
© 2012 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।
अध्ययन संस्करण
अध्ययन लेखहरू
डिसेम्बर २४-३०, २०१२
“तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्”
डिसेम्बर ३१, २०१२–जनवरी ६, २०१३
येशूले नम्रताको नमुना बसाल्नुभयो
जनवरी ७-१३, २०१३
आफूलाई सानो सम्झने मनोभाव विकास गर्नुहोस्
जनवरी १४-२०, २०१३
यहोवाले दिनुहुने क्षमाले तपाईंको लागि कस्तो अर्थ राख्छ?
जनवरी २१-२७, २०१३
अध्ययन लेखहरूको उद्देश्य
अध्ययन लेख १ पृष्ठ ३-७
प्राचीन इस्राएलका राजा दाऊदले यहोवाको नाम र उहाँको उद्देश्यप्रति उच्च आदर देखाए। साथै तिनले परमेश्वरको व्यवस्थामा लुकेको सिद्धान्त राम्ररी बुझेको र उहाँको इच्छाबमोजिम गर्न सिकाउनुहोस् भनेर प्रार्थना गरेको विषयमा यस लेखमा बताइएको छ। यस लेखले किन हर समय यहोवाको इच्छालाई मनमा राख्नुपर्छ, त्यसबारे बुझ्न पनि मदत गर्छ।
अध्ययन लेख २, ३ पृष्ठ १०-१९
येशूका अनुयायीहरूको रूपमा साँचो ख्रीष्टियनहरूले नम्र हुनुपर्ने आवश्यकतालाई बुझेका छन्। पहिलो लेखमा येशूले बसाल्नुभएको नम्रताको नमुनाबारे छलफल गरिएको छ। यो नमुना हामीले अनुकरण गर्नुपर्छ। दोस्रो लेखमा कसरी आफूलाई सानो सम्झने मनोभाव विकास गर्ने अनि त्यसलाई जीवनमा उतार्ने भनेर बताइएको छ।
अध्ययन लेख ४, ५ पृष्ठ २१-३०
यी लेखहरूले यहोवा गम्भीर पापलाई पनि क्षमा दिन इच्छुक हुनुहुन्छ भनेर बुझ्न मदत गर्छ। कुनै-कुनै अवस्थामा माफी दिन हामीलाई गाह्रो लाग्न सक्छ। तर यस्तो बेलामा क्षमा दिन इच्छुक हुन बाइबलका सिद्धान्तहरूले मदत गर्न सक्छ।
साथै यस अङ्कमा
८ तिनीहरूको प्रशस्तताबाट खाँचो टऱ्यो
आवरण: स्पेनको बीच भागमा पर्ने सानो गाउँ अल्बारासिनमा प्रचार गर्दै। टेरूएल मण्डलीमा ७८ जना प्रकाशक छन् र यसको इलाकामा अल्बारासिन र अन्य १८८ वटा गाउँ पर्छन्
स्पेन
जनसङ्ख्या
४,७०,४२,९००
प्रकाशक
१,११,१०१
सन् २०१२ मा स्मरणार्थमा उपस्थित सङ्ख्या
१,९२,९४२