विषयसूची
जून २७, २०१६–जुलाई ३, २०१६ को हप्ता
३ प्रेमले उत्प्रेरित हुँदै मतभेद सुल्झाउनुहोस्
जन्मजातै त्रुटिपूर्ण भएकोले कहिलेकाहीं हामीबीच मतभेद हुन सक्छ। तर यो लेखले मतभेद हुँदा कसरी बाइबल सिद्धान्त लागू गर्ने भनेर सिकाउनेछ।
जुलाई ४-१०, २०१६ को हप्ता
८ “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ”
मत्ती २४:१४ मा येशूले गर्नुभएको भविष्यवाणी यहोवाका साक्षीहरूले मात्र पूरा गरिरहेका छन् भनेर कुन-कुन बुँदाले प्रमाणित गर्छ, त्यस विषयमा हामी यस लेखमा चर्चा गर्नेछौं। साथै, “मानिसहरूको जलारी” बन्नुको मतलब के हो, त्यो पनि छलफल गर्नेछौं।—मत्ती ४:१९.
जुलाई ११-१७, २०१६ को हप्ता
१३ तपाईं कसरी व्यक्तिगत निर्णय गर्नुहुन्छ?
तपाईंले व्यक्तिगत निर्णय गर्दा आफूलाई जे ठीक लाग्यो, त्यही गर्नुहुन्छ कि? अथवा अरूलाई आफ्नो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो भनेर सोध्नुहुन्थ्यो कि? यहोवा परमेश्वरको विचार बुझेर निर्णय गर्दा कसरी सबैभन्दा राम्रो निर्णय गर्न सक्छौं, त्यस विषयमा हामी यस लेखमा छलफल गर्नेछौं।
जुलाई १८-२४, २०१६ को हप्ता
१८ के बाइबलले तपाईंको जीवन अझै परिवर्तन गर्दै छ?
बप्तिस्मा गर्नुअघि ठूलठूला परिवर्तनहरू गरिसकेको भए तापनि अहिले ख्रीष्टियन व्यक्तित्व सुधार्नको लागि सानोतिनो परिवर्तन गर्न निकै गाह्रो भइरहेको छ कि? किन यस्तो हुन्छ अनि हामी परमेश्वरको वचनको डोऱ्याइअनुसार चलेर कसरी निरन्तर असल गुणहरू विकास गर्न सक्छौं, त्यस विषयमा यस लेखमा छलफल गर्नेछौं।
जुलाई २५-३१, २०१६ को हप्ता
२३ यहोवाले गर्नुभएको प्रबन्धबाट पूरापूर लाभ उठाउनुहोस्
हामीलाई फाइदा पुऱ्याउने आध्यात्मिक प्रबन्धबाट लाभ उठाउनदेखि कुन पासोले रोक्न सक्छ, त्यस विषयमा हामीलाई यस लेखले सचेत गराउनेछ। यस्तो पासोमा नपर्न हामी के गर्न सक्छौं र भएभरको सबै आध्यात्मिक भोजनबाट कसरी लाभ उठाउन सक्छौं, त्यो पनि हामी यस लेखमा विचार गर्नेछौं।