जुलाई महिनाका लागि सेवा सभाहरू
जुलाई ६ मा सुरु हुने हप्ता
गीत ११०
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। देश र स्थानीय मण्डलीको अप्रिल महिनाको सेवा रिपोर्टबारे बताउनुहोस्। ईश्वरतान्त्रिक समाचार।
१५ मि: “सधैं उपस्थित हुनु कत्ति असल!” प्रश्नोत्तर। जवानहरूलाई नियमित तवरले सभा धाउन प्रोत्साहन दिनको लागि जून ८, १९८८, ब्यूँझनुहोस्! (अंग्रेजी) पृष्ठ १९-२१ बाट टिप्पणीहरू समावेश गर्नुहोस्।
२० मि: “हाम्रा छिमेकीहरूले सुसमाचार सुन्नु आवश्यक छ।” दुई वा तीन योग्य प्रकाशकहरूलाई मण्डलीको स्टकमा भएका केही पत्रिकाहरू प्रस्तुत गर्ने सुझाउहरू पुनरावलोकन गर्न लगाउनुहोस्। स्थानीय इलाकामा ती किन प्रभावशाली छन्, बताउनुहोस्। चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तकबाट अध्ययन थाल्ने लक्ष्यमा जोड दिनुहोस्। प्रथम प्रस्तुतिपछि पुनःभेट गरेको र अध्ययनको प्रस्ताव राखेको प्रदर्शन देखाउनुहोस्।
गीत ७३ र समापन प्रार्थना।
जुलाई १३ मा सुरु हुने हप्ता
गीत ११६
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। अगस्त महिनामा पाँच सप्ताहन्त भएकोले सहायक अग्रगामीमा नाउँ दर्ता गराउने विषयलाई गम्भीरतापूर्वक विचार गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: के तपाईंलाई संसारको आत्माले दूषित बनाइरहेको छ? प्राचीनद्वारा अक्टोबर १, १९९७, प्रहरीधरहरा, पृष्ठ २५-९ मा आधारित भाषण।
गीत १८२ र समापन प्रार्थना।
जुलाई २० मा सुरु हुने हप्ता
गीत १८
८ मि: स्थानीय घोषणाहरू। “बीस हजार!” शीर्षक पेटी पुनरावलोकन गर्नुहोस्।
१२ मि: “आशिष् साबित हुनसक्ने भेटघाट।” दुई प्राचीनबीच कुराकानी। सेप्टेम्बर १५, १९९३, प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ २०-३ पुनरावलोकन गर्दै गोठालोरूपी भेटघाटका उद्देश्यहरू बताउँछन्। मण्डलीलाई प्राचीनहरूको भेटघाटको प्रतीक्षा गर्न हार्दिक प्रोत्साहन दिनुहोस्।
२५ मि: “अग्रगामी सेवा—तपाईंको लागि?” (अनुच्छेद १-१४) सेवा निरीक्षकले सबैलाई नियमित अग्रगामी गर्नेबारे गम्भीरतापूर्वक सोच्न प्रोत्साहन दिंदै संक्षेपमा सुरुका टिप्पणीहरू गर्छन्। त्यसपछि, तिनले प्रश्न १ छलफल गर्दै वार्षिक पुस्तक १९९८ पृष्ठ १०४-५ को “जोसिलो अग्रगामी मनोवृत्ति”-बाट टिप्पणी गर्छन्। प्रश्न २ छलफल गर्न अग्रगामी सेवामा अनुभव प्राप्त मण्डलीका दुई वा तीन सदस्य तिनीसित मञ्चमा जान्छन्। तिनीहरूले अग्रगामी गर्दा गर्दै पनि भौतिक आवश्यकताहरू कसरी पूरा गर्न सकिन्छ भन्नेबारे व्यवहारिक र वास्तविक दृष्टिकोण आदानप्रदान गर्छन्। त्यसपछि, प्रश्न ३ छलफल गर्न दुई आमाबाबु पनि त्यस समूहमा सामेल हुन्छन्। जवानहरूले पूर्ण-समय सेवा गर्ने पेसालाई किन गम्भीरतापूर्वक विचार गर्नुपर्छ भनेर तिनीहरू सकारात्मक कारणहरू दिन्छन्। अर्को हप्ताको सेवा सभामा उपस्थित हुन सबैलाई प्रोत्साहन दिनुहोस्। र बाँकी प्रश्नहरू त्यतिबेला नै छलफल गरिनेछन्।
गीत ८० र समापन प्रार्थना।
जुलाई २७ मा सुरु हुने हप्ता
गीत १५५
१५ मि: स्थानीय घोषणाहरू। जुलाईको क्षेत्र सेवा रिपोर्ट खसाल्न सबैलाई सम्झाउनुहोस्। अगस्तको पहिलो सप्ताहन्तमा प्रबन्ध गरिएको सेवा प्रबन्धहरूबारे घोषणा गर्नुहोस् र त्यसमा भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्। “नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम” पुनरावलोकन गर्नुहोस्।
३० मि: “अग्रगामी सेवा—तपाईंको लागि?” (अनुच्छेद १५-२५) प्राचीनद्वारा भाषण र छलफल। प्रश्न ४-५ मा वर्तमान र विगतका अग्रगामीहरूलाई हृदयस्पर्शी अभिव्यक्तिहरू भन्न लगाउन पहिल्यै प्रबन्ध मिलाई राख्नुहोस्। साप्ताहिक सेवाको कामलाग्दो व्यवहारिक तालिकाका उदाहरणहरू दिंदै राम्रो तालिका बनाएर त्यसअनुसार चल्नुपर्ने आवश्यकतामाथि तिनीहरू जोड दिन्छन्। प्राचीनले उत्प्रेरणादायी भाषणद्वारा प्रश्न ६ को उत्तर ढाक्दै यस विषयलाई समाप्त गर्छन्। सेप्टेम्बर १ मा सुरु हुने सेवा वर्ष पूर्ण-समय सेवा थाल्ने नयाँ अग्रगामीहरूका लागि उत्तम समय हो। आवेदन फाराम मण्डली सेवा समितिका कुनै पनि सदस्यबाट प्राप्त गर्न सकिन्छ।
गीत ५१ र समापन प्रार्थना।