अ साटिस्फाइङ लाइफ—हाउ टु अटेन इट-का लागि सुझावित प्रस्तुतिहरू
◼ “हामी सबैले दिनहुँ सामना गर्ने समस्याहरूलाई विचार गर्दा के तपाईंलाई साँच्चै सन्तोषजनक जीवन सम्भव छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] एउटा बुद्धिमान् सुझाव मत्ती ५:५ मा पाउन सकिन्छ। [पढ्नुहोस्] यद्यपि, हामी कसरी यस्तो नम्रता विकास गर्नुका साथै आफ्नो रिसलाई वशमा राख्न सक्छौं? यस प्रकाशनको पृष्ठ ९ मा दिइएको चित्र र क्याप्सनलाई याद गर्नुहोस्।” अब पृष्ठ ८ को अनुच्छेद ११ तर्फ ध्यानाकर्षित गर्नुहोस्।
◼ “अस्वास्थ्यकर प्रभावहरूले भरिएको संसारमा आफ्ना छोराछोरीहरूलाई हुर्काउन थुप्रै आमाबाबुहरू चिन्तित छन् भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्न र? [जवाफ दिने मौका दिनुहोस्।] यस्तो हानिकारक वातावरणबाट आफ्ना छोराछोरीलाई जोगाउन आमाबाबुहरूले के गर्न सक्छन्?” हितोपदेश २२:६ पढ्नुहोस्। त्यसपछि पृष्ठ ५ पल्टाउनुहोस् र सबैभन्दा माथिको चित्र अनि अनुच्छेद २ छलफल गर्नुहोस्।
◼ “आज, हामीमध्ये प्रायजसोले शान्ति र आनन्द पाउन निकै संघर्ष गर्छौं तैपनि यी प्राप्त गर्न भने गाह्रो भएको छ। यी कुराहरू प्राप्त गर्न किन यत्तिको कठिन भएको होला? [जवाफ दिने मौका दिनुहोस्।] मानवजातिको वर्तमान अवस्थाबारे अय्यूब १४:१, २ मा के भनिएको छ याद गर्नुहोस्। साँच्चै आनन्दित हुन हामीलाई कुन कुराले मदत गर्न सक्छ होला?” पृष्ठ २२, अनुच्छेद २ तर्फ ध्यानाकर्षित गर्नुहोस् र यस पृष्ठका चित्रहरू पनि छलफल गर्नुहोस्।