प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 जनवरी पृ. ३-४
  • असाध्यै गाह्रो प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असाध्यै गाह्रो प्रश्‍न
  • ब्यूँझनुहोस्‌!—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धर्मले उब्जाएको अन्योल
  • प्राकृतिक प्रकोपबारे बाइबल के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • किन यतिबिघ्न प्राकृतिक प्रकोप?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • के भगवान्‌ले हामीलाई सजाय दिनुभएको हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • जब प्राकृतिक प्रकोप आइपर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००७
g07 जनवरी पृ. ३-४

असाध्यै गाह्रो प्रश्‍न

“किन?” यो जाबो एउटा शब्दभित्र कत्ति धेरै पीडा र वेदना लुकेको हुन सक्छ भनेर थाह पाउँदा साह्रै दुःख लाग्छ। प्राकृतिक प्रकोपको सिकार हुँदा वा दुःखको घडीबाट गुज्रनुपर्दा मानिसहरू अक्सर यो प्रश्‍न गर्ने गर्छन्‌। जस्तै, आँधीबेहरीले कुनै इलाकालाई विनाशको भुँवरीमा लपेटेर ठूलो धनजनको क्षति गर्छ। भुइँचालोले एउटा सहरलाई तहसनहस पारेर ईंटाको थुप्रोमा परिणत गरिदिन्छ। आतंककारी आक्रमणले मानिसहरूको शान्तसँग बितिरहेको सामान्य दिनचर्यालाई डर र आतंकले भरिएको अँध्यारो रातमा बद्‌लिदिन्छ। अथवा, दुर्घटनाले प्रियजनलाई सख्त घाइते बनाइदिन्छ वा तिनको ज्यान लिन्छ।

अफसोस! यस्ता दुःखकष्टका सिकार हुनेहरू अक्सर निर्दोष र असहाय नै हुन्छन्‌। अचेल विपत्तिहरूको बाढी नै आएजस्तो देखिन्छ। यसैकारण थुप्रै मानिसहरू “किन” भनी प्रश्‍न गर्दै परमेश्‍वरलाई बिलौना पोखाउँछन्‌। यसका केही उदाहरणहरू यहाँ हेरौं:

◼ “हे ईश्‍वर, तपाईंले हामीमाथि यो के गर्नुभयो? हामीले तपाईंको मन दुखाउने त्यस्तो के काम गरेका थियौं र?” सुनामी आँधीले आफ्नो गाउँ तहसनहस पारेपछि भारतकी एउटी वृद्ध स्त्रीले यी प्रश्‍नहरू गरेकी हुन्‌ भनेर रोइटर न्यूज एजेन्सीले बतायो।

◼ “परमेश्‍वर कहाँ हुनुहुन्थ्यो? परमेश्‍वरले मात्र दुःखकष्ट नियन्त्रण गर्न सक्नुहुन्छ भने उहाँले यो किन हुन दिनुभएको?” एक बन्दुकधारीले एउटा चर्चमा अन्धाधुन्ध गोली चलाएर थुप्रैलाई मार्नुका साथै घाइते बनाएपछि टेक्सास, अमेरिकाको एउटा अखबारले उठाएको प्रश्‍न हो यो।

◼ “परमेश्‍वरले उनलाई किन लानुभयो?” क्यान्सर रोगले आफ्नो साथीको मृत्यु भएपछि एउटी स्त्रीले यस्तो प्रश्‍न गरिन्‌। साथीको मृत्युको कारण अब उनको लोग्नेको थाप्लोमा पाँच जना छोराछोरी हुर्काउनुपर्ने जिम्मा आइपरेको थियो।

आफूमाथि आइपर्ने दुःखकष्टको कारण कुनै न कुनै किसिमले परमेश्‍वर नै हुनुहुन्छ भनेर सोच्ने मानिसहरूमध्ये यी त केही मात्र हुन्‌। उदाहरणका लागि, प्राकृतिक प्रकोपको बारेमा इन्टरनेट मार्फत गरिएको एउटा सर्वेक्षणमा आधा जति मानिसले आँधीबेहरी जस्ता प्राकृतिक प्रकोपहरू परमेश्‍वरले नै ल्याउनुभएको हो भनेर सोच्ने गरेको पाइयो। थुप्रैले किन यस्तो सोचाइ राख्छन्‌?

धर्मले उब्जाएको अन्योल

धर्मगुरुहरूले चित्तबुझ्दो जवाफ दिनुको साटो अक्सर अन्योलमाथि झन्‌ अन्योल थपिदिन्छन्‌। सामान्यतया तिनीहरूले दिने गरेका जवाफहरूमध्ये तीन वटालाई मात्रै हामी ध्यान देऔं।

प्रथम, अट्टेरी मानिसहरूलाई सजाय दिन परमेश्‍वरले प्राकृतिक प्रकोप हुन दिनुहुन्छ भनेर थुप्रै धर्मगुरुहरू प्रचारप्रसार गर्छन्‌। उदाहरणका लागि: अमेरिकाको लुइजियाना राज्यको न्यु ओर्लियन्स सहरलाई कट्रिना आँधीबेहरीले तहसनहस पार्दा, त्यस सहरलाई परमेश्‍वरले नै सजाय दिनुभएको हो भनेर केही पादरीहरूले दाबी गरे। तिनीहरूले त्यस सजायको कारण व्याप्त भ्रष्टचार, जुवातास र अनैतिकता हो भने। केहीले त परमेश्‍वरले जलप्रलय र आगोले दुष्टहरूलाई नाश गर्नुभएको बाइबलको घटना समेत प्रमाणको रूपमा अघि सारे। तर यस्ता दाबीले बाइबलको बदनाम गर्छ।—“परमेश्‍वरका कार्यहरू?” पेटी हेर्नुहोस्‌।

दोस्रो, विपत्तिहरू ल्याउन परमेश्‍वरसित जायज कारणहरू छन्‌ तर ती हामी बुझ्न सक्दैनौं भनी केही पादरीहरू ठोकुवा गर्छन्‌। यस्तो विचारसित थुप्रै मानिस सन्तुष्ट छैनन्‌। तिनीहरू यसरी सोच्छन्‌, ‘मायालु परमेश्‍वरबाट के यस्तो दुष्ट काम हुन सक्छ र? अनि सान्त्वना चाहिएका र “किन?” विपत्ति आइपरेको भन्‍नेहरूलाई उहाँले जानकारी दिन इन्कार गर्नु होला त?’ वास्तवमा, बाइबल यसो भन्छ: “परमेश्‍वर प्रेम हुनुहुन्छ।”—१ यूहन्‍ना ४:८.

तेस्रो, केही धर्मगुरुहरू चाहिं परमेश्‍वर शक्‍तिशाली र मायालु हुनुहुन्‍न भन्ठान्छन्‌। त्यस्तो सोचाइले फेरि एक पल्ट केही गम्भीर प्रश्‍नहरू खडा गर्छन्‌। बुझेर बुझ्न नसकिने विशाल ब्रह्‍माण्डलगायत ‘सबै कुरा सृष्टि’ गर्नुहुने परमेश्‍वरले जाबो एउटा ग्रह पृथ्वीको दुःखकष्ट हटाउन सक्नुहुन्‍न र? (प्रकाश ४:११) परमेश्‍वरले हामीलाई प्रेम गर्ने क्षमता दिनुभएको छ। उहाँको वचनले उहाँ प्रेमको मूर्त रूप हुनुहुन्छ भनेर बताउँछ। यस्तो परमेश्‍वरलाई मानिसहरूले दुःखकष्ट भोगेको देखेर दुःख लाग्दैन होला त?—उत्पत्ति १:२७; १ यूहन्‍ना ४:८.

वास्तवमा, माथि बताइएका तीन वटा बुँदाहरू परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको भन्‍ने प्रश्‍नको जवाफ खोज्न मानिसहरूले गरेका थुप्रै प्रयासहरूमध्ये केही मात्र हुन्‌। यो यस्तो प्रश्‍न हो जसको जवाफ खोज्नेहरू शताब्दियौंदेखि अलमल्लमा परेका छन्‌। यस महत्त्वपूर्ण र समय सुहाउँदो विषयबारे बाइबलले के सिकाउँछ, हामी अर्को लेखमा छलफल गर्नेछौं। बाइबलबाट भरपर्दो र तार्किक जवाफ पाउँदै जाँदा हाम्रो अन्योलको पर्दा हटेर जानेछ। अझ त्योभन्दा पनि महत्त्वपूर्ण त दुःखको सागरमा डुबेकाहरू सबैलाई बाइबलले सान्त्वना दिन्छ। (g 11/06)

[पृष्ठ ४-मा भएको पेटी/चित्र]

परमेश्‍वरका कार्यहरू?

के बाइबलले आज हाम्रो वरपर भइरहेका प्राकृतिक प्रकोपहरूको कारण परमेश्‍वर नै हुनुहुन्छ भनेर सिकाउँछ? अहँ, सिकाउँदैन! हुन त परमेश्‍वरले न्यायदण्ड ल्याउनुहुन्छ भनेर बाइबलमा बताइएको छ। तर त्यो न्यायदण्ड प्राकृतिक प्रकोपभन्दा बिल्कुलै फरक हो। उदाहरणका लागि, परमेश्‍वरले न्यायदण्ड ल्याउनुहुँदा उहाँले जो पायो त्यसलाई नाश गर्नुहुन्‍न। उहाँले मानिसहरूको हृदय पढ्‌नुहुन्छ र नाश गर्नुपर्नेलाई मात्र नाश गर्नुहुन्छ। (उत्पत्ति १८:२३-३२) त्यसबाहेक, उहाँले न्यायदण्ड ल्याउनुअघि चेताउनी दिनुहुन्छ र यसले गर्दा धर्मी मानिसहरूले उम्कने मौका पाउँछन्‌।

अर्कोतिर, प्राकृतिक प्रकोप आउनुअघि कहिलेकाहीं सानोतिनो संकेत त देखिएला तैपनि यसले अक्सर कुनै चेताउनी नै नदिई जो पायो त्यसलाई अन्धाधुन्ध मार्छ वा सख्त घाइते बनाउँछ। यस्ता प्रकोपहरूलाई केही हदसम्म मानिसहरू आफैले पनि सघाउ पुऱ्‍याएका छन्‌। कसरी? वातावरण विनाश गरेर, भुइँचालो जाने र बाढीपहिरो आउने तथा प्रतिकूल मौसमको सजिलै सिकार हुनसकिने ठाउँहरूमा घर बनाउनुका साथै अन्य निर्माण कामहरू गरेर।

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

SENA VIDANAGAMA/AFP/Getty Images

[पृष्ठ ४-मा भएका चित्र]

धर्मगुरुहरूले अन्योलमा पार्ने थरिथरिका जवाफ दिएका छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने