प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा १०८
  • दमीशक जाने बाटो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दमीशक जाने बाटो
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • येसु सावललाई रोज्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • खेदो गर्ने व्यक्‍तिले तेजिलो ज्योति देख्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • के खराब काम गर्नेहरू परिवर्तन हुन सक्लान्‌?
    महान्‌ शिक्षकबाट सिकौं
  • शावलको प्रचारकार्यले वैमनस्यतालाई झनै चर्काउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा १०८
दमीशक जाने बाटोमा ज्योति चम्कन्छ अनि शावल भुइँमा पछारिन्छ

कथा १०८

दमीशक जाने बाटो

भुइँमा लडिरहेको यो मान्छेलाई तिमी चिन्छौ? ऊ शावल हो नि। तिमीलाई याद छ, स्तिफनसलाई ढुंगा हिर्काउने मान्छेहरूको लुगा कुरेर बस्ने मान्छे ऊ त हो नि। उसको वरिपरि कस्तो उज्यालो छ हेर त! यो के भएको होला?

स्तिफनस मरेपछि शावलले येशूका चेलाहरूलाई खोजी-खोजी दुःख दिन थाल्छ। ऊ घर-घर पसेर चेलाहरूलाई घिसार्दै जेलमा हाल्न थाल्छ। त्यसपछि, थुप्रै चेलाहरू भागेर अरू सहरमा जान्छन्‌ र त्यहीं “सुसमाचार” प्रचार गर्न थाल्छन्‌। त्यसकारण, शावल येशूका चेलाहरू खोज्न अरू सहरमा जान्छ। अहिले ऊ दमीशकतिर जाँदैछ। तर बाटोमा हिंडिरहेको बेला अचम्मको घटना हुन्छ।

अचानक आकाशबाट शावलको वरिपरि ज्योति चम्कन्छ। अनि तिमीले चित्रमा देखेझैं, उज्यालो हेर्न नसकेर शावल भुइँमा पछारिन्छ। अनि ऊ भुइँमा लडिरहेको बेला यस्तो आवाज आउँछ: ‘हे शावल, हे शावल! तिमी मलाई किन दुःख दिन्छौ?’ शावलसँग जाने मान्छेहरूले पनि त्यो ज्योति देख्छन्‌ र आवाज पनि सुन्छन्‌ तर के भनेको बुझ्नचाहिं बुझ्दैनन्‌।

‘प्रभु, तपाईं को हुनुहुन्छ?’ शावलले सोध्छ।

अनि फेरि यस्तो आवाज सुनिन्छ: ‘म येशू हुँ जसलाई तिमी दुःख दिइरहेछौ।’ येशूले किन यसो भन्‍नुभएको होला? किनकि शावलले येशूका चेलाहरूलाई दिएको दुःखलाई येशूले आफैलाई दिएको दुःख ठान्‍नुहुन्छ!

शावलले अब सोध्छ: ‘प्रभु, अब म के गरूँ?’

येशू यसो भन्‍नुहुन्छ: ‘उठ र दमीशक जाऊ। तिमीले के गर्नुपर्छ, त्यो तिमीलाई त्यहीं बताइनेछ।’ त्यसपछि उठेर आफ्नो आँखा खोल्दा शावलले केही देख्नै सक्दैन। ऊ अन्धो पो हुन्छ! उसँगै आएका अरू मान्छेहरूले उसको हात समातेर उसलाई दमीशक लैजान्छन्‌।

येशूले त्यसपछि दमीशकमा बस्ने आफ्नो एक जना चेलालाई यसो भन्‍नुहुन्छ: ‘हननिया, उठ। सीधा भन्‍ने बाटोमा जाऊ। त्यहाँ यहूदाको घरमा शावल नाउँ गरेको मान्छेलाई खोज। मैले उसलाई आफ्नो विशेष सेवक बनाउन छानेको छु।’

हननियाले त्यसै गर्छ। शावललाई भेटेपछि हननियाले शावलमाथि आफ्नो हात राख्छ र भन्छ: ‘तिमीले फेरि देख्न सकोस्‌ अनि तिमीले पनि पवित्र आत्मा पाओस्‌ भनेर प्रभुले मलाई तिमीकहाँ पठाउनुभएको हो।’ तुरुन्तै चिप्रा जस्तो कुन्‍नि के हो शावलको आँखाबाट खस्छ र उसले फेरि देख्न थाल्छ।

त्यसपछि शावलले कस्सिएर धेरै ठाउँका मान्छेहरूलाई प्रचार गर्छ। ऊ पछि प्रेरित पावल बन्छ। उसको विषयमा पनि हामी धेरै कुरा सिक्नेछौं। तर त्योभन्दा पहिले परमेश्‍वरले पत्रुसलाई के गर्न पठाउनुहुन्छ, त्यो थाह लगाऔं।

प्रेरित ८:१-४; ९:१-२०; २२:६-१६; २६:८-२०.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने