प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ३८
  • के यूहन्‍नामा विश्‍वासको कमी थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के यूहन्‍नामा विश्‍वासको कमी थियो?
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • युहन्‍ना येसुबाटै सुन्‍न चाहन्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • बप्तिस्मा गराउने युहन्‍ना—आनन्द कायम गर्ने सन्दर्भमा राम्रो उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • युहन्‍ना घट्‌छन्‌, येसु बढ्‌नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • ख्रीष्ट—भविष्यवाणीहरूको केन्द्रबिन्दु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ३८

अध्याय ३८

के यूहन्‍नामा विश्‍वासको कमी थियो?

करिब एक वर्षदेखि झ्यालखानामै परेका बप्तिस्मा गराउने यूहन्‍नाले नाइनकी विधवाको छोरा पुनर्जीवित भएको समाचार पाउँछन्‌। तर त्यसको महत्त्वबारे यूहन्‍ना सोझै येशूको मुखबाट सुन्‍न चाहन्छन्‌। त्यसकारण बुझ्नका निम्ति आफ्ना चेलाहरूमध्ये दुई जनालाई पठाउँछन्‌: “आउनेवाला तपाईं नै हुनुहुन्छ कि हामी अरू कसैको बाटो हेरौं?”

यो प्रश्‍न सुन्दा हामीलाई अचम्म लाग्न सक्छ किनभने दुई वर्षअघि येशूको बप्तिस्मा गराउँदा खासगरि यूहन्‍नाले परमेश्‍वरको शक्‍ति येशूमाथि झरेको देखेका थिए र परमेश्‍वरले अनुमोदन व्यक्‍त गर्नुभएको आवाज पनि सुनेका थिए। यूहन्‍नाको प्रश्‍न सुन्दा तिनको विश्‍वास कमजोर भएछ भनी कसै-कसैले ठान्‍न सक्छन्‌। तर यसो होइन। यूहन्‍नाले शङ्‌का गर्न थालेको भए येशूले तिनको विषयमा त्यस्तो राम्रो कुरा गर्नुहुने थिएन, जुन कुरा उहाँले यस अवसरमा गर्नुहुन्छ। उसोभए यूहन्‍नाले यसप्रकारको प्रश्‍न किन सोधे?

उहाँ नै मसीह हुनुहुन्छ भन्‍ने कुरा येशूबाटै निश्‍चित गराउन मात्र यूहन्‍नाले चाहेको हुन सक्छ। झ्यालखानामा निराशाजनक जीवन बिताइरहेका यूहन्‍नाका निम्ति यो एउटा उत्साहवर्धक कुरा हुनेथियो। तर यूहन्‍नाको प्रश्‍नपछाडि त्योभन्दा बढी कुरा छ। मसीहद्वारा सम्पन्‍न हुनेछ भनी भविष्यवाणी गरिएका सबै काम पूरा गर्न येशूपछि अर्को कोही आउनेछन्‌ कि भनी तिनले बुझ्न चाहेको जस्तो देखिन्छ।

बाइबलका जुन भविष्यवाणीहरूसँग यूहन्‍ना परिचित छन्‌, तीअनुसार परमेश्‍वरका अभिषिक्‍त जन, राजा तथा उद्धारक हुनुहुनेछ। तथापि येशूको बप्तिस्मा भएको धेरै महिनापछि पनि यूहन्‍ना अझै कैदमै छन्‌। त्यसकारण यूहन्‍नाले येशूलाई यो कुरा सोधिरहेको हुन सक्छ: ‘सबैले देख्ने सामर्थ्यका साथ परमेश्‍वरको राज्य स्थापित गर्नुहुने के तपाईं नै हुनुहुन्छ वा मसीहको महिमासम्बन्धी गरिएका जम्मै अद्‌भुत भविष्यवाणीहरू पूरा गर्न तपाईंको पछि आउनुहुने अर्कै व्यक्‍तिको हामीहरूले प्रतीक्षा गर्नुपर्ने हो?’

‘हो, आउनेवाला म नै हुँ!’ भनी यूहन्‍नाका चेलाहरूलाई भन्‍नुको सट्टा येशूले त्यसै घडीमा सबै किसिमका रोग र बिरामीहरूबाट धेरै मानिसहरूलाई निको पार्दै एउटा असाधारण प्रदर्शन गर्नुहुन्छ। अनि चेलाहरूलाई उहाँ भन्‍नुहुन्छ: “जाओ र तिमीहरूले जे देख्यौ अनि सुन्यौ, त्यो यूहन्‍नालाई बताइदेओ: अन्धाहरूले देख्न थालेका छन्‌, लङ्‌गडाहरू हिंड्‌न थालेका छन्‌, कुष्ठरोगीहरू शुद्ध भएका छन्‌, बहिराहरूले सुन्‍न थालेका छन्‌, मरेकाहरू जीवित भएका छन्‌ अनि गरिबहरूलाई सुसमाचार सुनाइँदैछ।”

अर्को शब्दमा भन्‍ने हो भने येशूले जे जति गरिरहनुभएको छ, उहाँले तीभन्दा अझ बढी कुरा गर्नुहुनेछ र सम्भवतः यूहन्‍नालाई पनि कैदबाट छुटकारा दिनुहुनेछ भन्‍ने आशा यूहन्‍नाले सोधेका प्रश्‍नको पछाडि हुन सक्छ। तथापि येशूले गरेका चमत्कारहरूभन्दा बढी कुराको आशा यूहन्‍नाले राख्नु हुँदैन भनेर येशूले यूहन्‍नालाई भन्दै हुनुहुन्छ।

यूहन्‍नाका चेलाहरू गइसकेपछि येशू भीडतर्फ फर्किएर भन्‍नुहुन्छ कि मलाकी ३:१ मा यहोवाले भविष्यवाणी गर्नुभएका “दूत” यूहन्‍ना नै हुन्‌ र मलाकी ४:५, ६ मा भविष्यवाणी गरिएका एलिया भविष्यवक्‍ता पनि उनी नै हुन्‌। यसप्रकार यूहन्‍ना तिनीभन्दा अघिका कुनै पनि भविष्यवक्‍ताभन्दा कम छैनन्‌ भनी तिनको प्रशंसा गर्दै येशू व्याख्या गर्नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, बप्तिस्मा गराउने यूहन्‍नाभन्दा ठूलो अहिलेसम्म कोही जन्मेको छैन; तैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो तिनीभन्दा ठूलो हो। स्वर्गको राज्य प्राप्त गर्ने लक्ष्यसम्म पुग्न बप्तिस्मा गराउने यूहन्‍नाको समयदेखि अहिलेसम्म मानिसहरू अघि बढिरहेका छन्‌।”

यूहन्‍ना स्वर्गको राज्यमा हुनेछैनन्‌ भनी येशू यहाँ देखाउँदै हुनुहुन्छ। किनकि स्वर्गको राज्यमा हुने सबैभन्दा सानो पनि यूहन्‍नाभन्दा ठूला हुन्‌। यूहन्‍नाले येशूका निम्ति बाटो तयार गरे तर ख्रीष्टले आफ्ना चेलाहरू उहाँसित उहाँका राज्यमा सह-शासक हुन पाउने वाचा वा सम्झौतामा छाप लगाउनुभन्दा अघि नै यूहन्‍ना मर्छन्‌। त्यसैकारण यूहन्‍ना स्वर्गको राज्यमा हुनेछैनन्‌ भनी येशू भन्‍नुहुन्छ। तर यूहन्‍ना परमेश्‍वरको राज्यका पार्थिव प्रजा हुनेछन्‌। लूका ७:१८-३०; मत्ती ११:२-१५.

▪ येशू नै आउनुहुने व्यक्‍ति हुनुहुन्छ वा अरू नै आउनुहुनेछ भनी यूहन्‍नाले किन प्रश्‍न गर्छन्‌?

▪ यूहन्‍नाले कुन भविष्यवाणीहरूलाई पूरा गरे भनी येशू भन्‍नुहुन्छ?

▪ बप्तिस्मा गराउने यूहन्‍ना येशूसँग स्वर्गमा किन हुनेछैनन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने