प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ९१
  • लाजरस पुनर्जीवित हुँदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लाजरस पुनर्जीवित हुँदा
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • लाजरस फेरि जीवित हुन्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • येसुलाई पहिला हन्‍नासकहाँ, त्यसपछि कैयाफाकहाँ लगिन्छ
    येसु—बाटो, सत्य र जीवन
  • उहाँ पहिले हन्‍नासकहाँ र त्यसपछि कैयाफाकहाँ लगिनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • पत्रुस येसुलाई चिन्‍न इन्कार गर्छन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ९१

अध्याय ९१

लाजरस पुनर्जीवित हुँदा

येशू र उहाँसँग हुने सबै अब लाजरसको चिहानमा आइपुग्छन्‌। वास्तवमा यो चिहान ओडारमा छ। यसको मुखमा ठूलो ढुङ्‌गा राखिएको छ। येशू भन्‍नुहुन्छ: “ढुङ्‌गा हटाओ।”

येशूले के गर्न आँट्‌नुभएको छ भनी थाह नभएर मार्थाले त्यस कुरामा आपत्ति जनाउँदै भन्छिन्‌: “प्रभु, अहिलेसम्म त गन्हाउन थालिसक्यो होला, किनकि चार दिन भइसक्यो।”

तर येशू भन्‍नुहुन्छ: “के मैले तिमीलाई भनिनँ, यदि तिमीले ममाथि विश्‍वास गऱ्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्नेछौ?”

अतः ढुङ्‌गा हटाइन्छ। अनि येशू आकाशतिर हेरेर प्रार्थना गर्नुहुन्छ: “हे बुबा, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि तपाईंले मेरो प्रार्थना सुन्‍नुभएको छ। हो, मलाई थाह थियो, तपाईंले सधैं मेरो प्रार्थना सुन्‍नुहुन्छ तर वरपर उभिरहेको भीडको खातिर मैले तपाईंलाई यसो भनें, ताकि तपाईंले नै मलाई पठाउनुभएको हो भनेर यिनीहरूले विश्‍वास गर्न सकून्‌।” आफूले गर्न आँटेको कुरा परमेश्‍वरबाट प्राप्त शक्‍तिद्वारा सम्पन्‍न हुने हो भनी मानिसहरूले बुझून्‌ भनेर येशू खुलेआम प्रार्थना गर्नुहुन्छ। अनि उहाँ ठूलो स्वरमा भन्‍नुहुन्छ: “ए लाजरस, बाहिर आऊ!”

यत्तिकैमा लाजरस उठेर आउँछ। उसका हातखुट्टा अझै कपडाले बेह्रिएको छ र उसको अनुहार पनि कपडाले बेह्रिएको छ। येशू भन्‍नुहुन्छ: “उसलाई फुकाइदेओ र जान देओ।”

मरियम र मार्थालाई सान्त्वना दिन आएका धेरै यहूदीले यो चमत्कार देखेपछि येशूमाथि विश्‍वास गर्छन्‌। तथापि तिनीहरूमध्ये केही त्यहाँ भएको काम फरिसीहरूकहाँ बताउन जान्छन्‌। तुरुन्तै तिनीहरू र मुख्य पुजारीहरू मिलेर यहूदी न्यायपरिषद्‌को बैठक बोलाउने तरखरमा लाग्छन्‌।

त्यस न्यायपरिषद्‌को बैठकमा वर्तमान प्रधान पुजारी कैयाफाका साथै फरिसीहरू र सदुकीहरू, मुख्य पुजारीहरू र भूतपूर्व प्रधान पुजारीहरू समावेश हुन्छन्‌। तिनीहरू सोचमा परेर भन्छन्‌: “यस मानिसले धेरै चमत्कार गर्छ, अब हामी के गरौं? यदि हामीले त्यसलाई त्यत्तिकै छोडिदियौं भने तिनीहरू सबैले त्यसमाथि विश्‍वास गर्नेछन्‌ र रोमीहरू आएर हाम्रो ठाउँ र हाम्रो जाति दुवै कब्जा गर्नेछन्‌।”

येशूले “धेरै चमत्कारहरू” गर्नुहुन्छ भनी ती धर्म-गुरुहरूले स्वीकारे तापनि तिनीहरूलाई आफ्नो ओहदा र अख्तियारको मात्र चिन्ता छ। लाजरसको पुनर्जीवनद्वारा विशेषगरि सदुकीहरूलाई ठूलो धक्का पुग्छ किनकि तिनीहरू पुनर्जीवनमा विश्‍वास गर्दैनन्‌।

कैयाफा जो सायद एक जना सदुकी हुन्‌, अब सबैका सामुन्‍ने भन्छन्‌: “तिमीहरूलाई केही पनि थाह छैन, अनि पूरै जाति नाश हुनुभन्दा सबै मानिसहरूको निम्ति एक जना मानिस मर्नु तिमीहरूको निम्ति फाइदाजनक हो भनेर तिमीहरू सोच्दैनौ।”

कैयाफालाई यसो भन्‍न लगाउनुमा परमेश्‍वरको हात छ किनकि प्रेषित यूहन्‍नाले पछि लेखे: “यो तिनको आफ्नै कुरा थिएन।” वास्तवमा कैयाफाको भनाइको अर्थ तिनीहरूको अख्तियार र ओहदालाई अझ कमजोर पार्ने मौका येशूलाई नदिने हो भने उहाँलाई मार्नु अति नै आवश्‍यक छ। तापनि यूहन्‍नाअनुसार ‘कैयाफाले यो भविष्यवाणी गरेका थिए कि त्यस जातिको लागि मात्र होइन तर छरिएर रहेका परमेश्‍वरका सन्तानहरूलाई एकसाथ जम्मा गर्नलाई पनि उहाँ मर्नुपर्नेछ।’ हुन पनि हो, सबैको छुटकाराको निम्ति मर्नका लागि परमेश्‍वरले आफ्नो छोरालाई पठाउनुभएको थियो।

अब कैयाफा येशूलाई मार्ने योजना बनाउन यहूदी न्यायपरिषद्‌लाई मनाउन सफल हुन्छन्‌। तर सायद येशूले यस कुराको जानकारी उहाँका मित्र र यहूदी न्यायपरिषद्‌का सदस्य निकोदेमसबाट पाएपछि उहाँ त्यहाँबाट हिंडिहाल्नुहुन्छ। यूहन्‍ना ११:३८-५४.

▪ लाजरसलाई ब्यूताउँनुभन्दा अघि येशू किन खुलेआम प्रार्थना गर्नुहुन्छ?

▪ यो पुनर्जीवन पाएको देख्नेहरूले कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌?

▪ यहूदी न्यायपरिषद्‌का सदस्यहरूको दुष्टता कुन कुराबाट प्रस्ट हुन्छ?

▪ कैयाफाको विचार के थियो तर परमेश्‍वरले उसलाई कस्तो भविष्यवाणी गर्न प्रयोग गर्नुभयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने