प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gf पाठ ५ पृ. ८-९
  • परमेश्‍वरका मित्रहरू प्रमोदवनमा बस्ने छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरका मित्रहरू प्रमोदवनमा बस्ने छन्‌
  • तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • मिल्दोजुल्दो सामग्री
  • उत्तम जीवन प्रतिज्ञा गरिएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • प्रमोदवन
    ब्यूँझनुहोस्‌!—२०१३
  • “प्रमोदवनमा भेटौँला!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • आर-मागेडोन पश्‍चात्‌, एउटा पार्थिव प्रमोदवन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
gf पाठ ५ पृ. ८-९

पाठ ५

परमेश्‍वरका मित्रहरू प्रमोदवनमा बस्ने छन्‌

प्रमोदवन हामी अहिले बाँचिरहेको संसारजस्तो हुनेछैन। संसारमा समस्या, दुःख, पीडा र कष्ट होस्‌ भन्‍ने परमेश्‍वरले कहिल्यै चाहनुभएको थिएन। भविष्यमा परमेश्‍वरले पृथ्वीलाई प्रमोदवन बनाउनुहुनेछ। प्रमोदवन कस्तो हुनेछ? आउनुहोस्‌, यसबारे बाइबलले के भन्छ हामी हेरौं:

प्रमोदवनमा वनभोज गर्दै

असल मानिसहरू। प्रमोदवन, परमेश्‍वरका मित्रहरूको घर हुनेछ। तिनीहरूले एकअर्काको निम्ति असल कुराहरू गर्नेछन्‌। तिनीहरूले परमेश्‍वरको धार्मिक तौरतरिकाअनुसार जीवन बिताउनेछन्‌।—हितोपदेश २:२१.

प्रशस्त मात्रामा खानेकुरा। प्रमोदवनमा कोही पनि भोको हुनेछैन। बाइबल यसो भन्छ: “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्‍न [वा खानेकुरा] हुनेछ।”—भजन ७२:१६.

प्रमोदवनमा मानिसहरू घर बनाउँदै, खानेकुरा बटुल्दै अनि काखमा छोरी लिइरहेकी आमा

राम्रा राम्रा घर र आनन्ददायी काम। पार्थिव प्रमोदवनमा प्रत्येक परिवारको आफ्नै घर हुनेछ। सबैले साँचो आनन्द प्राप्त हुने कामहरू गर्नेछन्‌।—यशैया ६५:२१-२३.

विश्‍वभरि शान्ति। मानिसहरू आपसमा झगडा गर्नेछैनन्‌ र युद्धमा मर्नेछैनन्‌। परमेश्‍वरको वचन यसो भन्छ: “[परमेश्‍वरले] युद्धहरू रोक्नुहुन्छ।”—भजन ४६:८, ९.

सुस्वास्थ्य। बाइबल यस्तो प्रतिज्ञा गर्छ: “[प्रमोदवनका] बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ” (यशैया ३३:२४) साथै कोही पनि लँगडा, अन्धा, बहिरा वा लाटा हुनेछैनन्‌।—यशैया ३५:५, ६.

दुःख, पीडा र मृत्यु हुनेछैन। परमेश्‍वरको वचन यसो भन्छ: “फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:४.

खराब मानिसहरू हुनेछैनन्‌। यहोवा यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।”—हितोपदेश २:२२.

मानिसहरूले एकअर्कालाई प्रेम र आदर गर्नेछन्‌। अन्याय, दमन, लोभ र घृणा केही हुनेछैन। मानिसहरू एक हुनेछन्‌ र परमेश्‍वरको धार्मिक तौरतरिकाअनुरूप जीवन बिताउनेछन्‌।—यशैया २६:९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने