प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gf पाठ १४ पृ. २२-२३
  • परमेश्‍वरका मित्रहरू खराब कुराहरूबाट टाढै बस्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरका मित्रहरू खराब कुराहरूबाट टाढै बस्छन्‌
  • तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले घृणा गर्नुहुने बानीहरू
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • परमेश्‍वरलाई खुसी पार्न हामीले के गर्नुपर्छ?
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • भाग १३
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
  • दुष्ट मानिसहरूलाई के परमेश्‍वरले फेरि नाश गर्नुहुनेछ?
    पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!
थप हेर्नुहोस्
तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
gf पाठ १४ पृ. २२-२३

पाठ १४

परमेश्‍वरका मित्रहरू खराब कुराहरूबाट टाढै बस्छन्‌

शैतानले मानिसहरूलाई खराब कुरा गर्न लोभ्याइरहन्छ। परमेश्‍वरका मित्र हुन चाहने मानिसले यहोवाले घृणा गर्नुहुने कुराहरूलाई घृणा गर्नुपर्छ। (भजन ९७:१०) परमेश्‍वरका मित्रहरू टाढै बस्ने केही कुराहरू यस प्रकारका छन्‌:

परमेश्‍वरले घृणा गर्ने कुराहरूमा यौन अनैतिकता, मतवाला, गर्भपात, चोरी, झूटो बोल्नु, अनियन्त्रित रिस अनि जूवा पर्छ

यौन अनैतिकता। “तैंले व्यभिचार नगर्नू।” (प्रस्थान २०:१४) विवाहअघि यौन सम्बन्ध राख्नु पनि गलत हो।—१ कोरिन्थी ६:१८.

मतवालापन। “मतवालाहरू . . . परमेश्‍वरको राज्यको हकदार हुनेछैन।”—१ कोरिन्थी ६:१०.

हत्या र गर्भपात। “तैंले हत्या नगर्नू।”—प्रस्थान २०:१३.

चोरी। “तैंले चोरी नगर्नू।”—प्रस्थान २०:१५.

झूटो बोली। यहोवा “झूट बोल्ने जिब्रो[लाई]” घृणा गर्नुहुन्छ।—हितोपदेश ६:१७.

हिंसा र अनियन्त्रित रिस। “दुष्ट र अत्याचार निको मान्‍नेलाई [यहोवाको] आत्माले घृणा गर्छ।” (भजन ११:५) “शरीरका कामहरू[मध्ये] . . . क्रोध” पनि हो।—गलाती ५:१९, २०.

जूवा। “त्यसको संगत नगर्नू . . . जो लोभी . . . हुन्छ।”—१ कोरिन्थी ५:११.

रंगभेद तथा जातीय घृणा। “आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर।”—मत्ती ५:४३, ४४.

परमेश्‍वरले भन्‍नुहुने कुरा हाम्रै भलाइको निम्ति हो। खराब कुराहरूबाट टाढै बस्नु सधैं सजिलो हुँदैन। यहोवा र उहाँका साक्षीहरूको मदतद्वारा तपाईं परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने कुराहरूबाट टाढा बस्न सक्नुहुन्छ।—यशैया ४८:१७; फिलिप्पी ४:१३; हिब्रू १०:२४, २५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने