प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • hf भाग ८ पृ. २६-२८
  • आपत्‌विपत्‌ आइपर्दा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आपत्‌विपत्‌ आइपर्दा
  • सुखी परिवार तर कसरी?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १ यहोवामाथि भरोसा राख्नुहोस्‌
  • २ आफ्नो अनि परिवारको ख्याल राख्नुहोस्‌
  • ३ मदत माग्नुहोस्‌
  • अचानक आइपर्ने स्वास्थ्य समस्याको कसरी सामना गर्ने?
    थप लेखहरू
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • आफ्ना मानिसहरूमाथि यहोवाको नजर रहिरहन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • निराश हुँदा कसरी आशा भेट्टाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
सुखी परिवार तर कसरी?
hf भाग ८ पृ. २६-२८
पतिपत्नी आफ्नो बच्चाको मृत्युमा शोक गर्दै

अध्याय ८

आपत्‌विपत्‌ आइपर्दा

“तिमीहरू आफै पनि ठूलो रमाहट गर्छौ। तथापि, विभिन्‍न परीक्षाहरूले गर्दा अहिले केही समयका लागि भने तिमीहरूले दुःख भोग्नु आवश्‍यक छ।”—१ पत्रुस १:६

परिवार सुखी बनाउन जति नै प्रयास गरे तापनि सोच्दै नसोचेको परिस्थिति आइपर्दा तपाईंको सबै प्रयास माटोमा मिल्छ। (उपदेशक ९:११) आपत्‌विपत्‌ आइपर्दा परमेश्‍वरले हामीलाई मायालु तरिकामा मदत गर्नुहुन्छ। अब छलफल गरिने बाइबलका सल्लाहहरू लागू गर्नुभयो भने तपाईं र तपाईंको परिवारले जस्तोसुकै कठिन अवस्थाको पनि सामना गर्न सक्नुहुनेछ।

१ यहोवामाथि भरोसा राख्नुहोस्‌

बाइबल के भन्छ? “तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ, किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।” (१ पत्रुस ५:७) आफूमाथि आइपरेको दुःखकष्टको लागि परमेश्‍वरलाई दोष दिन मिल्दैन भनेर कहिल्यै नबिर्सनुहोस्‌। (याकूब १:१३) परमेश्‍वरसित राम्रो सम्बन्ध बनाउँदै लैजानुभयो भने उहाँले तपाईंलाई मदत गर्नुहुनेछ। (यशैया ४१:१०) त्यसैले ‘उहाँको सामने आफ्नो हृदयको दुःख पोखाउनुहोस्‌।’—भजन ६२:८.

दिनदिनै बाइबल पढ्‌ने अनि अध्ययन गर्ने बानी बसाल्नुहोस्‌। यसो गर्दा यहोवाले “हाम्रा सबै सङ्‌कष्टहरूमा सान्त्वना दिनुहुन्छ” भनेर आफैले अनुभव गर्न सक्नुहुनेछ। (२ कोरिन्थी १:३, ४; रोमी १५:४) उहाँले तपाईंलाई ‘शान्ति’ दिने प्रतिज्ञा गर्नुभएको छ, “जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ।”—फिलिप्पी ४:६, ७, १३.

अस्पतालको बेडमा परिवार सँगै प्रार्थना गर्दै

यसो गरेर हेर्नुहोस्‌:

  • शान्त रहन र राम्ररी सोचविचार गर्न यहोवासित मदत माग्नुहोस्‌।

  • तपाईं के-के गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्‌ अनि सबैभन्दा राम्रो लागेको उपाय अपनाउनुहोस्‌।

२ आफ्नो अनि परिवारको ख्याल राख्नुहोस्‌

बाइबल के भन्छ? “विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, बुद्धिमान्‌को कानले त्यो खोजी निकाल्छ।” (हितोपदेश १८:१५, NRV) परिवारका प्रत्येक सदस्यलाई के-कस्तो मदत चाहिन्छ, विचार गर्नुहोस्‌। तिनीहरूको भावना बुझ्ने कोसिस गर्नुहोस्‌। त्यसपछि तिनीहरूसित कुरा गर्नुहोस्‌ अनि ध्यान दिएर सुन्‍नुहोस्‌।—हितोपदेश २०:५.

आफूले माया गरेको व्यक्‍ति बित्यो भने नि? आफ्नो भावना मनमा दबाएर नराख्नुहोस्‌। येशूले समेत आफ्नो भावना व्यक्‍त गर्न अप्ठ्यारो मान्‍नुभएन। उहाँ पनि ‘रुनुभएको थियो।’ (यूहन्‍ना ११:३५; उपदेशक ३:४) साथै पर्याप्त आराम गर्नुहोस्‌ र निद्रा पुग्नेगरि सुत्नुहोस्‌। (उपदेशक ४:६) यसो गर्दा कठिन परिस्थितिको सामना गर्न अलि सजिलो हुनेछ।

यसो गरेर हेर्नुहोस्‌:

  • परिवारसित कुराकानी गर्ने बानी बसाल्नुहोस्‌। यसो गर्नुभयो भने समस्या आइपर्दा तपाईंसित कुरा गर्न तिनीहरूलाई सजिलो लाग्नेछ।

  • आफूले जस्तै समस्या भोगेकाहरूसित कुरा गर्नुहोस्‌।

३ मदत माग्नुहोस्‌

बाइबल के भन्छ? “मित्र सब समय एक प्रेमी साथी हुन्छ।” ऊ दुःखमा साथ दिनलाई जन्मेको दाजुभाइजस्तै हुन्छ। (हितोपदेश १७:१७) साथीहरू तपाईंलाई मदत गर्न चाहन्छन्‌ होला तर कसरी गर्ने भनेर तिनीहरूलाई थाह नहुन सक्छ। आफूलाई कस्तो किसिमको मदत चाहिएको हो, साथीलाई बताउन नहिचकिचाउनुहोस्‌। (हितोपदेश १२:२५) साथै बाइबलको सल्लाह कसरी व्यवहारमा उतार्न सकिन्छ भनेर बाइबलको कुरा राम्ररी बुझेकाहरूसित मदत माग्नुहोस्‌। त्यस्तो सल्लाहले सही कदम चाल्न मदत मिल्नेछ।—याकूब ५:१४.

परमेश्‍वरलाई विश्‍वास गर्ने र उहाँका प्रतिज्ञाहरूमा भरोसा गर्ने मानिसहरूसित सरसङ्‌गत गर्दा पनि तपाईंले आवश्‍यक मदत पाउन सक्नुहुन्छ। सान्त्वना चाहिएका मानिसहरूलाई मदत गर्नुभयो भने पनि तपाईंको दुःख कम हुनेछ। यहोवा र उहाँका प्रतिज्ञाहरूबारे सिकेको कुरा उनीहरूलाई बताउनुहोस्‌। खाँचोमा परेकाहरूलाई मदत गर्ने काममा सधैं व्यस्त भइरहनुहोस्‌। तपाईंलाई माया गर्ने र तपाईंको चासो राख्ने व्यक्‍तिहरूसित घुलमिल हुनुहोस्‌; एक्लै धुमधुम्ती नबस्नुहोस्‌।—हितोपदेश १८:१; १ कोरिन्थी १५:५८.

यसो गरेर हेर्नुहोस्‌:

  • मिल्ने साथीसित कुरा गर्नुहोस्‌ र ऊ मदत गर्न चाहन्छ भने स्वीकार्नुहोस्‌।

  • आफूलाई के-कस्तो मदत चाहिएको हो, नहिचकिचाई बताउनुहोस्‌।

आफ्नै समस्यामा मात्र नघोरिनुहोस्‌

समस्याले गर्दा ‘के गरूँ कसो गरूँ’ भनेर छटपटी भए तापनि आफ्नो ध्यान परमेश्‍वरको गुण अनि प्रतिज्ञाहरूमा केन्द्रित गर्नुहोस्‌। अय्यूबमाथि ठूलो आपत्‌ आइलाग्दा तिनले यसो भने, “परमप्रभुको नाउँ धन्यको होस्‌।” (अय्यूब १:२१, २२) अय्यूबजस्तै आफ्नो चिन्ता-फिक्रीलाई भन्दा परमेश्‍वरको नाम र उहाँको इच्छालाई पहिलो स्थान दिनुहोस्‌। परिस्थिति आफूले सोचेजस्तो भएन भने पनि हरेस नखानुहोस्‌। परमेश्‍वरमाथि पूरा भरोसा राख्नुहोस्‌। ‘परमप्रभु भन्‍नुहुन्छ, जुन उपायहरू मैले तिमीहरूका निम्ति गरेको छु, ती म जान्दछु। ती तिमीहरूका भलाइको निम्ति हुन्‌, बुराइको निम्ति होइन। तिमीहरूको भविष्य सुधार्न र एउटा आशा दिनलाई हो।’—यर्मिया २९:११.

आफैलाई सोध्नुहोस्‌ . . .

  • के म स-सानो कुरामा पनि यहोवामाथि पूरा भरोसा राख्छु?

  • मैले किन यहोवालाई दिनदिनै धन्यवाद दिनुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने