प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rj भाग २ पृ. ६-७
  • चिन्ता-फिक्री—‘सबैतिरबाट थिचिएको’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चिन्ता-फिक्री—‘सबैतिरबाट थिचिएको’
  • यहोवाकहाँ फर्कनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “असाधारण शक्‍ति”
  • “चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ”
  • “मैले चाहिएकै हौसला पाएँ”
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तनावपूर्ण अवस्थाको सामना गर्नुपर्दा यहोवामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • बिचरा एलिया!
    छोराछोरीलाई सिकाउनुहोस्‌
थप हेर्नुहोस्
यहोवाकहाँ फर्कनुहोस्‌
rj भाग २ पृ. ६-७

भाग २

चिन्ता-फिक्री—‘सबैतिरबाट थिचिएको’

“विवाह भएको २५ वर्षपछि मेरो सम्बन्धविच्छेद भयो। मेरा छोराछोरीले यहोवालाई त्यागे। ममा थुप्रै स्वास्थ्य समस्या देखा पर्न थाले। त्यसपछि म साह्रै निराश भएँ। मेरो जीवन तहसनहस भएजस्तो लाग्यो। अब त ममा सहने शक्‍ति नै छैन जस्तो महसुस गरेँ। म सभा जान छोडेँ र निष्क्रिय भएँ।”—जुन।

चिन्ता-फिक्री नै नभएको कोही छैन। यहोवाका सेवकहरू पनि यसबाट अछुतो छैनन्‌। भजनरचयिताले यसो भने: “चिन्ता र फिक्रीले मलाई छोप्यो।” (भजन ९४:१९) अन्तको दिनमा “जीवनको फिक्रीको बोझले” गर्दा यहोवाको सेवा गर्न झनै गाह्रो हुनेछ भनेर येसुले बताउनुभएको थियो। (लुका २१:३४) तपाईँलाई नि? आर्थिक कठिनाइ, पारिवारिक समस्या वा बिग्रँदो स्वास्थ्यले गर्दा तपाईँलाई असाध्यै गाह्रो भइरहेको छ कि? ती सहन यहोवा तपाईँलाई कसरी मदत गर्नुहुन्छ?

“असाधारण शक्‍ति”

हामी आफ्नै बलबर्कतमा चिन्ता-फिक्रीको सामना गर्न सक्दैनौँ। प्रेषित पावलले यस्तो लेखे: “हामी सबैतिरबाट थिचिएका छौँ . . . हामी अन्योलमा परेका छौँ . . . हामीलाई पछारिएको छ।” तर तिनले यसो पनि भने: “हामी . . . चल्नै नसक्नेगरि चेपिएका छैनौँ,” ‘उम्कने कुनै बाटो नै नरहनेगरि अन्योलमा परेका छैनौँ’ र “हामी नाश भएका छैनौँ।” हामीलाई सहन केले मदत गर्छ? “असाधारण शक्‍ति”-ले, जुन शक्‍ति हाम्रा सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाबाट आउँछ।—२ कोरिन्थी ४:७-९.

विगतमा तपाईँले कसरी “असाधारण शक्‍ति” पाउनुभएको थियो, सम्झनुहोस्‌ त! कुनै प्रोत्साहनजनक भाषण सुनेपछि के तपाईँले यहोवाले देखाउनुभएको अटल प्रेमको अझ मोल गर्न सक्नुभएको थियो? प्रमोदवनबारे अरूलाई सिकाउँदा यहोवाको यस प्रतिज्ञामाथि के तपाईँको विश्‍वास अझ बलियो भएको थियो? सभा जाँदा र आफ्नो विश्‍वासबारे अरूलाई बताउँदा जीवनको फिक्री सहन बल र मनोशान्ति पाउँछौँ अनि आनन्दित हुँदै यहोवाको सेवा गर्न सक्छौँ।

“चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ”

तर आफ्नो जीवनलाई केलाएर हेर्दा तपाईँलाई आफू चारैतिरबाट पेलिएको छु जस्तो लाग्ला। उदाहरणको लागि, यहोवा परमेश्‍वर हामीले उहाँको राज्यलाई पहिलो स्थान दिएको र आध्यात्मिक तालिका कायम राखेको चाहनुहुन्छ। (मत्ति ६:३३; लुका १३:२४) तर विरोध, बिग्रँदो स्वास्थ्य वा पारिवारिक समस्याले गर्दा तपाईँ लखतरान हुनुभएको छ भने नि? अथवा मण्डलीको लागि दिनुपर्ने समय र शक्‍ति जागिरले नै खाइरहेको छ भने नि? पूरा गर्नुपर्ने जिम्मेवारी तीनथुप्रो छ तर पर्याप्त समय र शक्‍ति भने छैन जस्तो लाग्दा तपाईँ हायलकायल हुनुहोला। यहोवाले मबाट बढ्‌तै माग गर्नुभएको हो कि जस्तो पनि लाग्ला।

यहोवा हाम्रो अवस्था राम्ररी बुझ्नुहुन्छ। उहाँ कहिल्यै हामीले दिन सक्नेभन्दा बढ्‌ता माग गर्नुहुन्‍न। शारीरिक र भावनात्मक रूपमा पहिलाको जस्तै अवस्थामा फर्कन समय लाग्छ भन्‍ने कुरा उहाँले बुझ्नुभएको छ।—भजन १०३:१३, १४.

यहोवाले भविष्यवक्‍ता एलियालाई कसरी हेरचाह गर्नुभयो, सम्झनुहोस्‌। निराशा र डरले गर्दा एलिया भागेर निर्जनभूमिमा जाँदा के उहाँले तिनलाई हप्काउनुभयो वा तुरुन्तै फर्केर आफ्नो जिम्मेवारी सम्हाल्न भन्‍नुभयो? अहँ, उहाँले त्यसो गर्नुभएन। एलियालाई निद्राबाट ब्युँझाएर खानेकुरा दिन यहोवाले दुई-दुई पटक स्वर्गदूतलाई पठाउनुभयो। तर ४० दिन बितिसक्दा पनि एलियाको मनबाट डर र चिन्ता हटेको थिएन। तिनलाई मदत गर्न यहोवाले अरू के गर्नुभयो? सबैभन्दा पहिला उहाँले तिनको रक्षा गर्न सक्छु भनेर देखाउनुभयो। त्यसपछि उहाँले तिनलाई “सानो मधुर स्वर”-मा सान्त्वना दिनुभयो। अन्तमा परमेश्‍वरले तिनलाई उहाँको उपासना गर्ने हजारौँ मानिस अझै बाँकी छन्‌ भनेर बताउनुभयो। त्यसपछि एलिया भविष्यवक्‍ताको रूपमा फेरि सक्रिय भए। (१ राजा १९:१-१९) यस विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? एलिया चिन्ता-फिक्रीमा डुबेको बेला यहोवा तिनीप्रति धीरजी हुनुभयो र तिनलाई कृपा देखाउनुभयो। यहोवा परिवर्तन हुनुभएको छैन। उहाँ अहिले पनि हामीलाई त्यसरी नै हेरचाह गर्नुहुन्छ।

आफूले यहोवा परमेश्‍वरलाई कति दिन सक्छु भन्‍ने कुरामा व्यावहारिक हुनुहोस्‌। तपाईँले यहोवाको सेवामा आज जे-जति गरिरहनुभएको छ र पहिला जति गर्नुहुन्थ्यो, त्यसबीच तुलना नगर्नुहोस्‌। यो उदाहरण विचार गर्नुहोस्‌: एक जना धावकले दौडनको लागि तालिम लिन छोडेको महिनौँ वा वर्षौँ भइसकेको छ भने ऊ पहिलाकै गतिमा तुरुन्तै फर्कन सक्दैन। बरु उसले आफ्नो मांसपेशीलाई कसिलो बनाउँदै लैजान स-साना लक्ष्यहरू राख्छन्‌। ख्रिष्टियनहरू पनि धावकजस्तै हुन्‌। उनीहरू स्पष्ट लक्ष्य राखेर तालिम लिन थाल्छन्‌। (१ कोरिन्थी ९:२४-२७) तपाईँले अहिले तुरुन्तै हासिल गर्न सक्ने कुनै एउटा आध्यात्मिक लक्ष्य राख्नुभए कसो होला? जस्तै: सभाहरूमा उपस्थित हुने लक्ष्य राख्नुहोस्‌ अनि मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌। आध्यात्मिक रूपमा बलियो हुँदै जाँदा तपाईँ आफैले “चाखेर . . . यहोवा कत्ति भलो हुनुहुन्छ” भन्‍ने कुरा अनुभव गर्नुहुनेछ। (भजन ३४:८) यो कुरा नबिर्सनुहोस्‌, यहोवाप्रतिको प्रेमले उत्प्रेरित भएर तपाईँ जे-जति गर्नुहुन्छ, त्यसको उहाँ अत्यन्तै मोल गर्नुहुन्छ, चाहे त्यो जति नै सानो किन नदेखियोस्‌।—लुका २१:१-४.

एक पुरुष जागिरमा धेरै खटिनुपरेकोले हायलकायल भएका छन्‌

यहोवा कहिल्यै हामीले दिन सक्नेभन्दा बढ्‌ता माग गर्नुहुन्‍न

“मैले चाहिएकै हौसला पाएँ”

यहोवाले बहिनी जुनलाई उहाँकहाँ फर्कन कसरी मदत गर्नुभयो। उनी भन्छिन्‌: “म मदतको लागि यहोवालाई प्रार्थना गरिरहन्थेँ। एक दिन मेरी बुहारीले मलाई मेरो सहरमा हुन लागेको सम्मेलनबारे बताइन्‌। मैले जाने निर्णय गरेँ। भाइबहिनीसँगै हुँदा मैले महसुस गरेको आनन्द म शब्दमा बयानै गर्न सक्दिनँ। त्यस सम्मेलनबाट मैले चाहिएकै हौसला पाएँ। अहिले म आनन्दित भएर फेरि यहोवाको सेवा गर्दै छु। मलाई मेरो जीवन साँच्चै अर्थपूर्ण लाग्न थालेको छ। मलाई भाइबहिनीको साथ चाहिन्छ भन्‍ने कुरा मैले राम्ररी बुझेँ। यहोवाले मलाई उहाँकहाँ फर्कने मौका दिनुभएकोमा म निकै कृतज्ञ छु।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने