प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पाठ ५६ पृ. १३४
  • योसियाह परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्थे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • योसियाह परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्थे
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • योशियाहका असल साथीहरू
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • नम्र योशियाहले यहोवाको अनुग्रह पाएका थिए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • इस्राएलको अन्तिम असल राजा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • जुनसुकै परिवेशमा हुर्कनुभएको भए तापनि तपाईं सफल हुन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पाठ ५६ पृ. १३४
सापान राजा योसियाहलाई व्यवस्थाको मुठा पढेर सुनाउँछन्‌

पाठ ५६

योसियाह परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्थे

योसियाह आठ वर्षको हुँदा यहुदाको राजा भए। त्यतिबेला मानिसहरू जादु गर्ने र मूर्तिपूजा गर्ने गर्थे। योसियाहले १६ वर्षको हुँदा कसरी सही तरिकामा यहोवाको उपासना गर्ने भनेर सिक्न खोजे। तिनले २० वर्षको हुँदा मूर्तिहरू र वेदीहरू नष्ट गर्न थाले। तिनले २६ वर्षको हुँदा यहोवाको मन्दिर पुनर्निर्माण गर्ने चाँजोपाँजो मिलाए।

प्रधानपुजारी हिल्कियाहले मन्दिरमा यहोवाको व्यवस्थाको मुठा भेट्टाए। सायद त्यो मुठा मोसा आफैले लेखेका थिए। राजाको सचिव सापानले व्यवस्थाको त्यो मुठा योसियाहकहाँ ल्याए र त्यो पढेर सुनाए। व्यवस्थामा लेखिएको कुरा सुनेपछि मानिसहरूले वर्षौँदेखि यहोवाको आज्ञा पालन गरिरहेका छैनन्‌ भनेर तिनले महसुस गरे। राजा योसियाहले हिल्कियाहलाई भने: ‘यहोवा परमेश्‍वर हामीसँग क्रोधित हुनुहुन्छ। जाओ अनि उहाँसँग सोधपुछ गर। हामीले के गर्नुपर्छ भनेर उहाँले हामीलाई बताउनुहुनेछ।’ यहोवा परमेश्‍वरले भविष्यवक्‍ता हुल्दाहमार्फत भन्‍नुभयो: ‘यहुदाका मानिसहरूले मलाई त्यागेका छन्‌। म तिनीहरूलाई सजाय दिनेछु तर योसियाह राजा भएसम्म दिन्‍नँ किनकि तिनले आफूलाई नम्र तुल्याएका छन्‌।’

हिल्कियाह परमेश्‍वरको व्यवस्थाको मुठा भेट्टाउँछन्‌

यो सन्देश सुनेपछि योसियाह मन्दिर गए र यहुदाका मानिसहरूलाई भेला हुन भने। तिनले सबै मानिसलाई परमेश्‍वरको व्यवस्था पढेर सुनाए। योसियाह र मानिसहरूले आफ्नो सारा हृदयले यहोवाको आज्ञा पालन गर्ने वाचा गरे।

यहुदाका मानिसहरूले निस्तार चाड नमनाएको धेरै वर्ष भइसकेको थियो। योसियाहले निस्तार चाड हरेक वर्ष मनाउनुपर्छ भन्‍नेबारे व्यवस्थामा पढेपछि सबै मानिसलाई भने: ‘हामी यहोवा परमेश्‍वरको निम्ति निस्तार चाड मनाऔँ।’ तिनले थुप्रै बलिदान चढाउन तयारी गरे र मन्दिरमा गायकहरूको दलको प्रबन्ध गरे। मानिसहरूले निस्तार चाड मनाएपछि सात दिनसम्म मनाइने अखमिरा रोटीको चाड मनाए। समुएलको दिनदेखि यता यस्तो धूमधामसित निस्तार चाड मनाइएको थिएन। योसियाह साँच्चै परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्थे। के तिमीलाई पनि यहोवाबारे सिक्न मन पर्छ?

“तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति ज्योति हो।”—भजन ११९:१०५

प्रश्‍नहरू: व्यवस्थामा लेखिएको कुरा सुनेपछि राजा योसियाहले के गरे? तिनको काम देखेर यहोवालाई कस्तो लाग्यो होला?

२ राजा २१:२६; २२:१–२३:३०; २ इतिहास ३४:१–३५:२५

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने