पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा अग. १
“भक्त मानिसहरूलाई बुझाउन ‘परमेश्वरसँग डराउने’ व्यक्ति भन्ने अभिव्यक्ति चलाइएको हामी सुन्ने गर्छौं। तर तपाईंको विचारमा, परमेश्वरसँग डराउनु भन्नुको वास्तविक अर्थ के हो? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि हितोपदेश ९:१० पढ्नुहोस्। अनि पृष्ठ २१ को लेख देखाउनुहोस्।] यस लेखमा परमेश्वरसँग डराउनुको अर्थ के हो र परमेश्वरप्रति उचित भय कसरी खेती गर्न सक्छौं, त्यो बताइएको छ।”
ब्यूँझनुहोस्! जुला. – सेप्टे.
“आतंकवाद कुनै नौलो शब्द होइन तर अहिले यसले संसारभरि नै उग्र रूप लिएको छ र सबैलाई नै पिरोलेको छ। यस्तो किन भएको होला? [जवाफ दिने मौका दिनुहोस्।] ब्यूँझनुहोस्!-को यस अंकमा आतंकवादको अन्त कहिले हुनेछ र परमेश्वरले पृथ्वीमा साँचो शान्ति कसरी ल्याउनुहुनेछ भनी बाइबलबाटै चर्चा गरिएको छ।” मीका ४:४ पढ्नुहोस्।
प्रहरीधरहरा सेप्टे. १
“येशूले भन्नुभएको एउटा कुरामा तपाईंको विचार कस्तो छ हामी बुझ्न चाहन्छौं। [मत्ती ५:५ पढ्नुहोस्।] यो प्रतिज्ञा पूरा हुँदा तपाईंको विचारमा के पृथ्वीको अवस्था अहिलेको जस्तै नै हुन्छ होला? [जवाफ दिने मौका दिनुहोस्।] पृथ्वीमा येशूले कसरी परिवर्तनहरू ल्याउनुहुनेछ भनी यस पत्रिकामा बाइबलबाटै बताइएको छ। साथै पृथ्वीमा कसले बसोबास गर्नेछ भनेर पनि बताइएको छ।”
ब्यूँझनुहोस्! जुला. – सेप्टे.
“पृथ्वीको झन्डै ३ प्रतिशत जनसंख्या कुनै न कुनै किसिमको मानसिक रोगले ग्रस्त छन् भनी अनुमान गरिएको छ। यस्तो अवस्थामा परिवारहरूले के गर्न सक्छन्? [जवाफ दिने मौका दिनुहोस्। पृष्ठ १७ को लेख देखाउनुहोस्।] यस लेखमा कुनै-कुनै परिवारले यस्तो अवस्थाको सामना कसरी गरेका छन् र अरूले कसरी मदत गर्न सक्छन् भनी बताइएको छ।” यशैया ३५:५, ६ पढ्नुहोस्।