नयाँ भिडियोबाट बाइबल अध्ययन सुरु गर्नुहोस्
हाम्रो वेबसाइट jw.org मा राखिएको बाइबल किन पढ्नुपर्छ? भन्ने विषयको भिडियो क्लिपले थुप्रैको ध्यान खिचेको छ। यो भिडियो जिज्ञासु व्यक्तिहरूले निश्शुल्क बाइबल अध्ययनको प्रस्ताव स्वीकारोस् भनेर तयार पारिएको हो। हाम्रो वेबसाइटको (jw.org/ne) गृहपृष्ठको मुनि “बाइबल अध्ययनको अनुरोध” भन्ने लिङ्क छ। त्यसमा क्लिक गरेर वा नयाँ पर्चाहरूको अन्तिम पानामा भएको क्यु आर कोड स्क्यान गरेर यो भिडियो हेर्न सक्नुहुन्छ। यो भिडियो कसरी प्रयोग गर्न सकिन्छ? तल दिइएका तरिकाहरू विचार गरौं:
पुनःभेट गर्दा घरधनीलाई यसो भन्नुहोस्: “तपाईंले बाइबलसम्बन्धी प्रश्नहरूको जवाफ कसरी पाउन सक्नुहुन्छ, एउटा छोटो भिडियो देखाऊँ?” घरधनी राजी छन् भने तपाईंको मोबाइल वा तिनको कम्प्युटरबाट देखाउनुहोस्।
अनौपचारिक वा सार्वजनिक साक्षीकार्यमा नयाँ पर्चा दिएका छौं भने क्यु आर कोड देखाउनुहोस्। अनि तिनको मोबाइलबाट स्क्यान गर्न लगाउनुहोस्। थुप्रै भाषाका पर्चामा यस्तो कोड राखिएका छन्। यो कोड स्क्यान गर्दा सीधै वेबसाइटको भिडियोमा पुग्ने भएकोले घरधनीलाई तुरुन्तै भिडियो देखाउन सकिन्छ।
आफ्नो सहकर्मी, स्कूलको साथी, नातेदार र चिनेजानेकाहरूलाई यस भिडियोबारे बताउनुहोस् अनि भिडियो हेर्न प्रोत्साहन दिनुहोस्। अथवा ईमेलमार्फत भिडियोको लिङ्क पठाउनुहोस् र भिडियो हेर्न आग्रह गर्नुहोस्।
यस नयाँ प्रबन्धमार्फत हामी अझ धेरै बाइबल अध्ययन सुरु गर्न सक्नेछौं र “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएकाहरूलाई परमेश्वरसित नजिक हुन मदत गर्न सक्नेछौं।—प्रेषि. १३:४८.