प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp23 सङ्‌ख्या १ पृ. ८-९
  • २ | “धर्मशास्त्रबाट पाइने सान्त्वना”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २ | “धर्मशास्त्रबाट पाइने सान्त्वना”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसको अर्थ के हो?
  • यसले हामीलाई कसरी मदत गर्छ?
  • किशोरकिशोरीलाई हुने डिप्रेसन—यो किन हुन्छ? केले मदत गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२०१७
  • नकारात्मक भावनासित तपाईं कसरी लड्‌न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • म किन असाध्यै निराश हुन्छु?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • ३ | विगतका उदाहरणहरूबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
wp23 सङ्‌ख्या १ पृ. ८-९
एक वृद्ध बाइबलमा पढेको कुरामा मनन गर्दै छन्‌।

२ | “धर्मशास्त्रबाट पाइने सान्त्वना”

बाइबल भन्छ: “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌ ताकि हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ।”—रोमी १५:४.

यसको अर्थ के हो?

बाइबलमा पाइने सान्त्वनादायी कुराहरूले हाम्रो मनमा आउने नकारात्मक भावना हटाउन मदत गर्छ। साथै बाइबलमा चाँडै हामीले कुनै पनि किसिमको भावनात्मक पीडा भोग्नु नपर्ने समय आउनेछ भन्‍ने आशा पनि पाइन्छ।

यसले हामीलाई कसरी मदत गर्छ?

हामी सबै कुनै न कुनै समय निराश हुन्छौँ तर डिप्रेसन वा अचाक्ली चिन्ताले सताएका मानिसहरूलाई भने सधैँ नै भावनात्मक पीडा हुन्छ। बाइबलले तिनीहरूलाई कसरी मदत गर्न सक्छ?

  • बाइबलले हामीलाई नकारात्मक सोचाइ हटाएर सकारात्मक सोचाइ राख्न मदत गर्छ। (फिलिप्पी ४:८) साथै यसले हामीलाई सान्त्वना र दिलासा दिन्छ अनि नकारात्मक भावनालाई काबूमा राख्न मदत गर्छ।—भजन ९४:१८, १९.

  • यसले आफू बेकामको छु भन्‍ने सोचाइ हटाउन मदत गर्न सक्छ।—लुका १२:६, ७.

  • यसले हामी एक्लो छैनौँ र सृष्टिकर्ताले हाम्रो भावना राम्ररी बुझ्नुहुन्छ भनेर आश्‍वासन दिन्छ।—भजन ३४:१८; १ युहन्‍ना ३:१९, २०.

  • यसमा ईश्‍वरले चाँडै नै हाम्रो मनबाट पीडादायी सम्झनाहरू हटाइदिनुहुनेछ भनेर प्रतिज्ञा गरिएको छ। (यसैया ६५:१७; प्रकाश २१:४) यस प्रतिज्ञाले मानसिक र भावनात्मक रूपमा असाध्यै गाह्रो भएको बेला हामीलाई सहनशील भई अघि बढिरहन बल दिन्छ।

बाइबलबाट मदत पाएकी जेसिका

मलाई डिप्रेसन छ

निदाइरहेकी जेसिकाको हातमा बाइबल छ।

“म २५ वर्षकी हुँदा मलाई अचानक दैनिक कामकुरा गर्न गाह्रो हुन थाल्यो र गम्भीर डिप्रेसन भएको पत्ता लाग्यो। मलाई विगतका नमीठा सम्झनाहरूले सताउन थाल्यो। त्यसैले म डाक्टरकहाँ गए। तिनीहरूले मलाई डिप्रेसन हुनुको कारण बुझ्न मदत गरे। मैले जीवनमा भोगेका नमीठा अनुभवहरूबारे ज्यादै सोचेकीले डिप्रेसन भएको रहेछ। मैले औषधी खानुका साथै डिप्रेसनलाई बल्झाउने नकारात्मक सोचाइहरू चिन्‍न र हटाउन समय-समयमा डाक्टरको मदत लिनुपऱ्‍यो।”

बाइबलले मलाई मदत गरेको छ

“डिप्रेसन बढेको बेला असाध्यै डर र चिन्ताले छोप्थ्यो अनि राती राम्ररी सुत्नै सक्दिनथेँ। प्रायजसो रातको समयमा मनमा नानाथरी कुरा खेल्थ्यो र चाहेर पनि रोक्न सक्दिनथेँ। तर बाइबलको भजन ९४:१९ मा चिन्ता र फिक्रीले छोपेको बेला ईश्‍वरले हामीलाई सान्त्वना र दिलासा दिनुहुन्छ भनी बताइएको छ। त्यसैले म बाइबल र बाइबलका प्रोत्साहनदायी हरफहरू लेखिएको नोटबुक छेउमै राखेर सुत्ने गर्थेँ। राती निद्रा नलाग्दा म बाइबल र त्यो नोटबुक निकाल्थेँ अनि पढ्‌न थाल्थेँ। त्यसरी पढ्‌दा मेरो मन हलुका हुन्थ्यो।

“बाइबलले हामीलाई साँचो ईश्‍वरबारे थाह पाएका सत्य कुराहरूसित नमिल्ने सोचाइ हटाउन मदत गर्छ। विगतमा मलाई आफू बेकामको छु र कसैको माया पाउन लायकको छैनँ जस्तो लाग्थ्यो। तर त्यस्तो सोचाइ बाइबलको शिक्षासित मेल खाँदैन भनेर बुझेँ। वास्तवमा ईश्‍वर मायालु र दयालु बुबा हुनुहुन्छ अनि हामी प्रत्येकको ख्याल राख्नुहुन्छ। यो सत्य थाह पाएकीले मैले बिस्तारै आफ्नो नकारात्मक सोचाइ काबूमा राख्न सकेँ। ईश्‍वरले मलाई जुन दृष्टिकोणले हेर्नुहुन्छ, आफूलाई त्यही दृष्टिकोणले हेर्न सिकेँ। आफूप्रति सकारात्मक सोचाइ विकास गर्न त्यसो गर्नु एकदम महत्त्वपूर्ण थियो।

“हाम्रा सबै पीडादायी सम्झना र नकारात्मक सोचाइ हटेर जाने समयको म प्रतीक्षा गर्दै छु। मलाई थाह छ, भविष्यमा हामीलाई कुनै किसिमको मानसिक स्वास्थ्य समस्या हुनेछैन। यस्तो आशाले अहिले मलाई सहनशील हुन र धीरजी भई त्यस दिनको बाटो हेरिरहन मदत गरेको छ।”

थप मदत:

हाम्रो वेबसाइट jw.org/ne मा भएको सङ्‌ख्या २, २०१९ अङ्‌कको प्रहरीधरहरा-को “जीवनदेखि हरेस खाँदा” लेख हेर्नुहोस्‌।

हाम्रो वेबसाइट jw.org/ne मा भएको अनलाइन बाइबलबाट भजनसङ्‌ग्रहको किताब पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने