फुटनोट
a यस दुष्ट संसारमा धर्मी मानिसहरू भेट्टाउन गाह्रो छ। तैपनि लाखौँ मानिस धार्मिकताको बाटोमा हिँडिरहेका छन्। तपाईँ पनि पक्कै त्यस्तै गर्दै हुनुहुन्छ। किनकि तपाईँ यहोवालाई प्रेम गर्नुहुन्छ र उहाँ धार्मिकतालाई प्रेम गर्नुहुन्छ। हामी धार्मिकतालाई कसरी अझ धेरै प्रेम गर्न सक्छौँ? यस लेखमा धार्मिकता भनेको के हो र यसलाई प्रेम गर्दा कस्तो फाइदा हुन्छ भनेर छलफल गर्नेछौँ। साथै यस गुणप्रतिको प्रेमलाई बलियो बनाउन कस्ता कदमहरू चाल्न सक्छौँ भनेर पनि विचार गर्नेछौँ।