१८ राहेलले आफ्नो जीवनको अन्तिम घडीमा (किनकि तिनी मर्नै लागेकी थिइन्) आफ्नो छोराको नाम बेन-ओनि* राखिन्। तर याकुबले भने छोराको नाम बिन्यामिन*+ राखे। १९ यसरी एप्राता अर्थात् बेतलेहेम+ जाने बाटोमै राहेलको मृत्यु भयो र याकुबले तिनको लास त्यहीँ गाडे।
३८ तर याकुबले भने: “अहँ! मेरो छोरालाई तिमीहरूले लैजान पाउनेछैनौ! उसको दाइ मरिसक्यो, अब ऊ एउटा मात्र बाँकी छ।+ तिमीहरूसँगै जाँदा बाटोमा उसलाई केही भयो भने तिमीहरूले गर्दा यो बूढो शोक गर्दागर्दै+ चिहानमा* जानेछ।”+
२० त्यतिबेला हामीले यस्तो जवाफ दिएका थियौँ, ‘हाम्रो वृद्ध बुबा हुनुहुन्छ र उहाँको बुढेसकालको एउटा छोरो पनि छ—हाम्रो सबैभन्दा कान्छो भाइ।+ उहाँ उसलाई असाध्यै माया गर्नुहुन्छ, उसको दाइ मरिसकेकोले+ उसको साक्खै दाजुभाइ कोही छैन।’+