-
प्रस्थान २६:३६, ३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ वासस्थानको प्रवेशद्वारको लागि पनि एउटा पर्दा बनाउनू। त्यो पर्दा बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागोले बनेको होस्।+ ३७ त्यो पर्दा झुन्ड्याउन बबुल काठका पाँच वटा खामा बनाउनू र ती खामाहरूलाई सुनले मोहोर्नू। ती खामाहरूमा सुनका अङ्कुसेहरू लगाउनू र ती खामाहरूका लागि तामाका पाँच वटा चूलघर बनाउनू।
-