-
उत्पत्ति १५:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि परमेश्वरले अब्रामलाई भन्नुभयो: “यो कुरा थाह पाइराख, तिम्रा सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ। तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन्। अनि तिम्रा सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ।+
-
-
प्रस्थान ३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “मिश्रमा मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रीहरूको थिचोमिचोमा परेका मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।+
-
-
व्यवस्था २६:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ त्यसपछि मिश्रीहरूले हामीलाई एकदमै नराम्रो व्यवहार गरे, निकै थिचोमिचो गरे अनि कठोर हुँदै काममा दलाउनसम्म दलाए।+
-