३ पुजारी छाउनीबाहिर जाऊन् र त्यस कुष्ठरोगीलाई जाँचून्। यदि उसको रोग निको भइसकेको रहेछ भने ४ शुद्धीकरणको निम्ति पुजारीले उसलाई शुद्ध चराहरूमध्येबाट दुई वटा चरा, देवदारको हाँगा, सिन्दूरे रङ्गको कपडा र हिसप* ल्याउने आज्ञा देऊन्।+
६ अनि पुजारीले देवदारको हाँगा, हिसप*+ र सिन्दूरे रङ्गको कपडा लिएर ती सबैलाई गाई जलिरहेको आगोमा फालिदेऊन्। ७ अनि पुजारीले आफ्नो लुगा धोऊन् र नुहाऊन्। त्यसपछि तिनी छाउनी फर्कन सक्छन्। तर तिनी साँझसम्म अशुद्ध रहनेछन्।