१७ तर पर्सिपल्टसम्म बाँकी रहेको मासु भने आगोमा जलाइयोस्।+ १८ यदि मेलबलि चढाउने व्यक्तिले पर्सिपल्ट त्यो मासु खायो भने उसलाई परमेश्वरले स्विकार्नुहुनेछैन; त्यो परमेश्वरको नजरमा घिनलाग्दो हुनेछ। उसले चढाएको त्यो बलि व्यर्थ साबित हुनेछ अनि त्यस्तो मासु खाने व्यक्तिले आफ्नो गल्तीको सजाय भोग्नेछ।+