-
व्यवस्था ८:७-९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ किनभने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देशमा लैजाँदै हुनुहुन्छ,+ जहाँ पहाड र बेँसी हुँदो खोलानाला बग्छ र पानीको मूल पनि प्रशस्तै छ, ८ जहाँ गहुँ, जौ, अङ्गुरको बगान, अन्जिरका रूखहरू अनि अनारका बोटहरू छन्+ अनि जुन देश जैतुनको तेल र महले भरिएको छ।+ ९ तिमीहरूलाई त्यहाँ खानेकुराको कमी हुनेछैन र केही कुराको अभाव हुनेछैन। त्यहाँका ढुङ्गाहरूमा तिमीहरूले फलाम भेट्टाउनेछौ र पहाडहरूबाट तामा निकाल्नेछौ।
-
-
इजकिएल २०:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ त्यस दिन मैले तिनीहरूलाई मिश्र देशबाट निकालेर तिनीहरूको लागि छानेको देशमा—दूध र मह बग्ने देशमा लैजानेछु भनेर शपथ खाएँ।+ त्यो संसारकै सबैभन्दा सुन्दर देश थियो।
-